पोखरा । ७५ वर्षअधि फ्रान्सेली नागरिकद्वय मौरिस हर्जोग र लुइस लाशनलले पहिलो पटक अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँगै विश्वका लागि हिमालको पर्दा उघारिएको थियो ।
हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडानम्बर ४ मा पर्ने आधार शिविर नर्थ बाट सन् १९५० जुन थर्डमा मौरिस हर्जोग नेतृत्वले ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर किर्तिमानी राखेका थिय । उक्त आरोहण नै विश्वमै पहिलो ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको कीर्तिमानी थियो ।
नेपाललाई अन्तराष्ट्रिय बजारमा चिनाउन र पर्वतीय पर्यटनको सुरुवात भएको यस क्षेत्रले (नर्थ) यथेष्ट लाभ लिन भने सकेको छैन ।
पदमार्ग प्रवद्र्धनमा नेपाल पर्यटन बोर्ड र टान
नेपाल पर्यटन बोर्डको अगुवाइ र टान गण्डकीको व्यवस्थापनमा अन्नपूर्ण प्रथम हिमाल (नर्थ) पुग्ने पदमार्गको ५ दिने (१७–२१) प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।
अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष (हिरक महोत्सव)को अवसरमा पदमार्ग प्रवद्र्धनको कार्यक्रम आयोजना गरिएको हो । अन्नपूर्णमा मानव पाइला पुगेको दिनको सम्झनामा हरेक वर्ष जुन ३ लाई ‘अन्नपूर्ण डे’का रुपमा मनाइँदै आइएको छ ।
पोखराबाट मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाती सिमोन ज्याक्युस, फ्रान्सेको सांगीतिक टोलीसहित अन्नपूर्ण डे मनाउन नेपाल आएका थिए ।
फ्रान्सेली टोलीसहित पोखराबाट पर्यटनसम्बद्ध संस्थाका नेतृत्व, संचारकर्मी र हिमाल आरोहीसहितको टोली म्याग्दीको नार्च्याङ्, गुफा फाट, भुस्केट मेला हुदैँ अन्नपूर्ण आधार शिविर (४१९०) पुगेको थियो ।
अन्नपूर्ण प्रथमको उत्तरीखण्डमा पर्ने यो आधारशिविरमा पहिलोपटक अन्नपूर्ण डे मनाइएको हो ।
मंगलबार अन्नपूर्ण नर्थ बेसक्याम्प पुगेका हुन् । मौरिसले अन्नपूर्ण आरोहण गर्दा प्रयोग गरेको ‘आइस एक्स’ हार्जाेग परिवारले आधार शिविरमा हस्तान्तरण गरे । स्विजरल्याण्डमा रहेको आइस एक्स नेपालमा रहने गरि हर्जोग परिवारले हस्तान्तरण गरेको हो ।
हार्जाेगका छोरा माथियसले पञ्चकुण्ड तालको छेउमा बसेर बुवाको स्मरण गदैँ अन्नपूर्णलाई आफ्नो घर जस्तो भने । अनि आइस एक्स नेपाल पर्यटन बोर्डका प्रमुख मणि राज लामिछाने र टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यलाई हस्तान्तरण गरे । सो अवसरमा केक काटेर अन्नपूर्ण डे सेलिब्रेसन गरिएको थियो ।
यस्तै आधार शिविर (४१९०) मि. अन्नपूर्ण बेसक्याम्पमा मौरिस हर्जोग र लुइस लाशनलल शालिक अनावरण गरिएको छ । उर्जा राज्यमन्त्री खमबहादुर गर्वुजा, नेपालका लागि फ्रान्सेली राजदुतले शालिकको अनावरण गरेका थिए ।
अन्नपूर्ण हिमाल पहिलो पटक आरोहण गर्ने पहिलो नेपाली महिला पूर्णिमा श्रेष्ठले हर्जोगले प्रयोग गरेको आइस एक्स नेपालमा देख्न र स्पर्स गर्न पाउदा खुशी व्यक्त गरिन् ।
पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले अन्नपूर्ण हिमालको नर्थलाई प्रवद्र्धन गर्न पदयात्रा कार्यक्रम तय गरिएको बताए । यो पदमार्गलाई अन्तराष्ट्रियकरण गर्नुपर्छ भन्ने उदेश्यले फ्रान्सबाट हर्जोग परिवालाई पदमार्गहुदैँ वेसक्याम्पसम्म यात्रा गराइएको र राष्ट्रिय तथा अन्तराष्ट्रिङय संचार माध्य मार्फत प्रवद्र्धनको प्रयास गरिएको जानकारी दिए ।
टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले अन्नपूर्ण डे नेपालको लागि ऐतिहासिक दिन रहेको बताए । आचार्यले द अन्नपूर्ण किताब मार्फत मौरिस हर्जोगले नेपालको पर्वतीय पर्यटनमा पुर्याएको योगदानको चर्चा गरे । अन्नपूर्ण क्षेत्रमा पर्यटकको आकर्षण रहे पनि हर्जोगले आरोहणका लागि प्रयोग गरेको पदमार्ग अहिले पनि ओझेलमा परेकाले प्रवद्र्धनात्मक कार्यक्रम गरिएको आचार्यले बताए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो