पोखरा । विश्व वातावरण दिवसको अवसरमा पारेर एसओएस हर्मन माइनर विद्यालय गण्डकीमा कार्यरत पर्यावरण क्लबको संयोजनमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम आयोजना गरिएको छ ।
प्रत्येक वर्षको जुन ५ मा मनाइने विश्व वातावरण दिवसका सन्दर्भमा यस वर्ष “प्लाष्टिक प्रदुषण बिरूद्ध लागौं” भन्ने नारा तय गरिएको थियो ।
गत वर्षबाट पोखरा माटेपानी स्थित ग्रिन रोड सँगको सहकार्यमा फोहोर बर्गीकरण र व्यवस्थापनको कार्य गरिरहेको बिद्यालयले “हरित विद्यालय परियोजना” अन्तर्गत बिभिन्न जनचेतनामूलक कार्य गर्दै आएको विद्यालयका प्राचार्य चूडामणि सुवेदीले बताए ।
विद्यालयमा सिकेको कुरालाई व्यवहारिक रूपमा घरमा र समुदायमा प्रयोग गर्नु पर्ने कुरामा जोड दिँदै आगामी दिनमा विद्यालयमा क्रियाशिल “पर्यावरण क्लव” थप क्रियाशिल हुनुपर्ने कुरा विद्यालयका सहायक प्राचार्य बीरसिंह बुढाले बताए ।
यसै क्रमममा कक्षा ६ देखि ८ सम्मका साथै “पर्यावरण क्लव” का विद्यार्थीहरूले विद्यालय परिसरमा बिभिन्न प्रजातीका बिरूवाहरू रोपे ।
विश्व वातावरण दिवसको अवसरमा यो पवित्र कार्यमा सहभागी हुनपाएकोमा प्रशन्नता व्यक्त गरिन् कक्षा ६ मा अध्ययनरत छात्रा सिजल खातिले ।
उक्त सरसफाई तथा बृक्षारोपण कार्यक्रममा शिक्षक, कर्मचारी तथा बिद्यार्थीहरूको स्वतः स्फूर्त सहभागीता रहेको थियो ।
सम्बन्धित खबर
पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन