पोखरा । विश्व वातावरण दिवस २०२५ को छेको पारेर जनप्रिय बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको समन्वयमा बिहीबार समुदायमा सरसफाइ अभियान सम्पन्न गरेको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छे क्याम्पसको कक्षाकोठामा मात्रै सीमित नरही वातावरण संरक्षणको सन्देश र सचेतना दिन सरसफाइ कार्यक्रमले सामाजिक उत्तरदायित्व निभाउने हुँदा विद्यार्थीलाई व्यवहारिक शिक्षा दिएको बताए । विजुक्छेले एनएसटिसी क्लबका प्रमुख समुद्र आचार्यलाई सफाइ सामग्री दिँदै कार्यक्रमको उद्घाटन गरेका थिए ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले विश्व वातावरण दिवसले हामीलाई पृथ्वीप्रति हाम्रो कर्तव्य संझाएको छ । ‘प्लास्टिक प्रदूषण अन्त्य गरौँ, साझा चुनौतीमा साझा प्रयास गरौँ’ भन्ने नारासहितको यस अभियानले समुदायमा वातावरणीय चेतना अभिवृद्धिमा सघाएको हुँदा यसलाई निरन्तरता दिने प्रतिवद्धता जाहेर गरे ।
कार्यक्रम संयोजक दिव्यालक्ष्मी चालिसेले उच्च शैक्षिक संस्था र उच्चशिक्षा लिने विद्यार्थीहरूमा स्वच्छ वातावरण निर्माणका लागि जिम्मेवारीको भावना विकास गर्दै सानासाना प्रयासबाट परिवर्तन सम्भव छ भन्ने सन्देश दिने उद्धेश्यले सरसफाइ अभियान गरिएको बताइन् ।
अभियानमा सञ्चालक समितिका पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी र स्थानीय समुदायका व्यक्तिले क्याम्पस परिसर, पुरानो एयरपोर्ट देखि रत्नचोकसम्मको सरसफाइ गरेका थिए । प्लास्टिकजन्य फोहर व्यवस्थापनका उपायहरूबारे जनचेतना दिँदै प्लास्टिक प्रदूषणविरुद्ध ऐक्यवद्ध हुन प्रेरित गरिएको जानकारी सहायक प्रशासक महादेवकुमार पालिखेले दिए ।
विश्व वातावरण दिवस २०२५ को सन्देशलाई आत्मसात गर्दै जनप्रिय क्याम्पसले गरेको यो पहलले स्थानीय स्तरमा वातावरणीय संरक्षणको अभ्यासलाई सबल बनाउने विश्वास गरिएको छ ।
सम्बन्धित खबर
जेसिज सप्ताह वैशाख १८ देखि २० गतेसम्म
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’