वीरेन्द्रमा एकदिवसीय वातावरणीय कार्यक्रम

विश्व वातावरण दिवस

वीरेन्द्रमा एकदिवसीय वातावरणीय कार्यक्रम

birendra school (1)

पोखरा–५, पर्स्याङस्थित वीरेन्द्र मेमोरियल अङ्ग्रेजी माध्यमिक विद्यालयमा विश्व वातावरण दिवसका अवसरमा एकदिवसीय वातावरणीय सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । कार्यक्रमको पहिलो चरणमा विद्यालय परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको थियो ।

दोस्रो चरणमा विद्यालयका कक्षा पाँच देखि कक्षा दशसम्मका विद्यार्थीहरुले विद्यालय परिसरदेखि पोखरा बाग्लुङ राजमार्गसम्मको सडक, चिल्ड्रेन पार्क, राधाकृष्ण मन्दिर वरपरको सरसफाई गरेका थिए ।

विद्यालयमा नर्सरी देखि कक्षा तीनसम्म कक्षागत चित्रमा रङ भर्ने प्रतियोगिता सम्पन्न भएको थियो । साथै, कक्षा चारदेखि कक्षा दशसम्मका विद्यार्थीहरुमा “वातावरण संरक्षण” शीर्षकमा कवितालेखन प्रतियोगिता पनि सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा विद्यालयका निर्देशक, प्रधानाध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थीहरू तथा स्थानीयको पनि सक्रिय सहभागिता रहेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ