पोखरा । गण्डकी प्रदेशको लोगो भद्धा र चित्रै चित्रको पोस्टर बन्यो, सिर्जनात्मकता भएन भनेर आलोचना भईरहँदा लोगोमा कपिराइटको उजुरी परेको छ ।
प्रदेशको लोगो तथा पोशाक सिफारिस समितिले कार्यव्यवस्था परामर्श समितिले असोज १५ गते लोगो कार्यव्यवस्था परामर्श समितिमा पेश गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । लोगो सार्वजनिक भएको २ दिनपछि अर्का प्रतिष्पर्धी पोखरा १७ का महेन्द्र उपाध्यायले प्रदेशसभा सचिवालयमा आफ्नो लोगो हुबहु भएको उजुरी दर्ता गराएका हुन् ।
सचिवालयले २०७५ सालको साउन २१ गते सार्वजनिक सूचना जारी गर्दै खुल्ला प्रतिष्पर्धा मार्फत लोगो माग गरेको थियो । त्यसका लागि पवन पौडेल, विनित रानामगर, अनुसन्धान पोखरेल, महेन्द्र उपाध्याय र प्रेम श्रेष्ठले १२ वटा लोगोको नमुना प्रदेशसभामा पठाएका थिए । ती मध्ये प्रतिष्पर्धाको आधारमा विनित मगरको लोगो छानिएको हो ।
भदौ ३० गते प्रदेशसभा सदस्य मायानाथ अधिकारीको संयोजकत्वमा मणिभद्र शर्मा, गायत्री गुरुङ, कृष्ण थापा, हरिशरण आचार्य सहभागी बैठकले गोरखाका विनितको लोगो चयन गरेका थिए । विनित त्यहींका कर्मचारी हुन् ।
उक्त बैठकमा सभामुख नेत्रनाथ अधिकारी, आन्तरिका मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, उपपसभामुख सिर्जना शर्मा, प्रदेशसभा सदस्यहरु कृष्ण बहादुर थापा र कुमार खड्का समेत सहभागी थिए ।
उपाध्यायले २ वटा लोगोको नमुना प्रदेशसभाको ईमेलमा पठाएका थिए । तर, उनको लोगो छनोट भएन । छनोट नभएतापनि आफुले पठाएका २ वटा लोगो मिलाएर थोरैमात्र परिमार्जन गरिएको उनले दाबी गरेका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए