पोखरा । बाबुले दुईबर्ष अघि अर्को बिहे गरेर भिन्दै बस्न थाले । बाबुले छोडेकै बर्ष आमा थला परिन् । एलर्जीले गर्दा आमाको ज्यान चल्दैन । जसका कारण कहिलेकाहीँ आमाकै गोठालो लाग्नुपर्ने अवस्था छ । घरमा भाइ बहिनीको पालनपोषणमा सघाउने कोही थिएनन् र छैनन् । १४ बर्षको उमेरमा ९ कक्षा पढ्दै गरेकी बालिकाको काँधमा परिवारको सबै जिम्मेवारी थुप्रियो ।
यो कहानी हो, अघिल्लो साता बलात्कारपछि हत्या गरिएकी श्रेया सुनारकी दिदी शोभा सुनारको । यतिबेला उनलाई घर परिवार चलाउन निकै कठिन हुँदै गएको छ । घर परिवार चलाउनकै लागि उनले चलिरहेको पढाई छोडेर चटपट बेच्न थालेकी छिन् । बाबुले छोडेपछि उनी स्कुल जान पाईनन्, घरको कार्यबोझले गर्दा । दुई बर्षदेखि शोभा चटपट बेचेरै घरखर्च चलाउँदै आएकी छिन् ।
आफ्नै बहिनीको बलात्कारपछि हत्या गरिएको घटनाले शोभालाई पनि सम्हालिन गाह्रो भैरहेको छ । श्रेयालाई सम्झिएर आमा चाहीँ जतिबेला पनि भक्कानिएर रुन्छिन् । दीर्घ रोगी आमालाई सम्हाल्नुपर्ने एउटा बाध्यता, घरखर्चको जोहो गर्नुपर्ने अर्को बाध्यता अनि बहिनीको हत्या पीडा, यो भन्दा ठूलो बज्रपात के हुन सक्छ ?
घरमा धानिनसक्नु हुँदा पनि शोभा र श्रेयाका बाबु घरतिर फर्किएरै हेर्दैनन् । ‘पैसो भएकाले रैछ पढ्नेपनि । हामीलाई खान लाउनै समस्या छ पढ्ने कुरा त सोचेको पनि छैन, शोभाले भनिन्–पढ्ने मन त कति छ कति । सबैजना स्कुल गएको देख्दा एक्लै लुकेर रुन्छु । घर र आमाको अवस्था हेरेपछि फेरि पढ्ने रहर आँफै हराउँछ ।’
अहिलेपनि ५ बर्षकी बहिनी सिमरन र ११ बर्षका भाइ नवीनको पढाईखर्च उनैले धान्नुपर्छ । घरको खाने लाउने खर्च पनि उनकै काँधमा छ । ‘चटपट बेचेर महिनामा १५ हजारजति कमाउँछु । दिनभरी चटपट बेच्यो साँझ घरको सामान किन्दा सकिन्छ, उनले भनिन्–अहिलेसम्म त जसोतसो चलेकै थियो । बहिनीको हत्या भएपछि चटपट बेच्न पनि गएको छैन । घर छोडेर जान मनले मान्दै मान्दैन ।’

फेरि चटपट बेच्ने कि अर्को कुनै ब्यवसाय गर्ने अहिले नै निक्र्यौल नगरेको उनी सुनाउछिन् । कलिलै उमेरमा घर ब्यवहारले थिचिएकी शोभा उद्धारको आसमा छिन् । असोज ८ गते हत्या गरिएकी श्रेयाको बुधबार मात्रै दाह संस्कार गरिएको छ । उनको छिमेकी कुशुम पौडेलले बलात्कारपछि हत्या गरेका थिए ।
‘ईलाइट अर्गानिक हाउस’ बाट २५ हजार
युवा व्यवसायी राजु क्षेत्रीले पीडित परिवारलाई सहयोग गर्ने भएका छन् । विश्व शान्ति स्तुपामा ‘ईलाइट अर्गानिक हाउस’ का सञ्चालक उनले श्रीयाको परिवार अत्यन्त दयनिय अवस्थामा रहेकाले आफ्नो हाउसका तर्फबाट २५ हजार सहयोग गर्ने घोषणा गरेका छन् । पत्रकार समेत रहेका क्षेत्री ‘ब्यारेक ब्रेक’ जस्ता चर्चित पुस्तकका लेखक पनि हुन् । उर्जाशील समय मुलुक परिवर्तनका लागि खर्चिएका उनी राजनीतिबाट टाढा रही व्यवसायमा रमिरहेका छन् ।
तस्विरः दिननाथ बराल
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो