पोखरा, १८ असोज । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङले पत्रकारहरुको मानमर्दन हुने गरी सामाजिक सञ्जाललमा दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी तदर्थ समितिका महासचिव रञ्जन अधिकारीले विहीबार प्रेस विज्ञप्ती जारी गर्दै चेतावनीपूर्ण भाषामा असभ्य ढंगले अपशब्द प्रयोग गरिएकोमा मञ्चको ध्यानाकर्षण भएको जनाएका छन् । जिल्ला खेलकुद विकास समितिको गरिमामय अध्यक्ष पदमा बसेर गैरजिम्मेवार र पदीय मर्यादा विपरितको प्रयोग गर्नै नहुने शब्दमा पत्रकारलाई गाली गरिएकोमा मञ्चले खेद प्रकट गरेको छ ।
नेपाल पत्रकार महासंघ, कास्की बोधार्थ रहेको विज्ञप्तीमा उल्लेख छ – ‘मञ्चको सल्लाहकारको भूमिकामा समेत रहिसकेका जिम्मेवार व्यक्तिले नाम नतोकी सबै पत्रकार मुछिने गरी तुच्छ रुपमा प्रस्तुत हुनु शोभनिय विषय होईन । व्यक्तिगत असन्तुष्टि भए व्यक्तिगत हिसाबमा र समाचारप्रति आपत्ति रहेको खण्डमा प्रेस काउन्सिल समक्ष जाने छुट रहँदा रहँदै सार्वजनिक हिसाबमा आफू आसिन पदको मर्यादा विपरित भएको यस गतिविधिप्रति मञ्च, गण्डकी तदर्थ समितिको दोस्रो बैठकले खेद प्रस्ताव पारित गरेको छ । सार्वजनिक रुपमा माफी माग्न र आइन्दा यस्तो क्रियाकलापमा नउत्रन, अन्यथा कानुनी उपचार खोज्न बाध्य हुने स्पष्ट पार्दछौं ।’

अन्तर्राष्ट्रिय खेलाडी लनटेनिस खेल्न आएको बेला रंगशालामा भएको मेलाको होहल्लाले खेलाडी नै आजित भएको बारे समाचार प्रकाशन भएको थियो ।
सम्बन्धित समाचार:
सर्वसाधारणलाई मर्निङ वाक गर्न टिकट काट्नुपर्ने तर रंगशालामा रमाईलो दशैं मेला आफै आयोजना गर्ने भन्दै उनको आलोचना भएको थियो ।
त्यसपछि समाचार लेखेकोमा मञ्चका अध्यक्ष केशव पाठकलाई फोन गरी अश्लिल गाली गरेका गुरुङले काठमाण्डौबाट पोखरा फर्केपछि भेट्ने भनेका थिए । विहीबार बिहानै एउटै व्यहोराको हुबहु दुई स्टाटस लेखेका गुरुङले पाँच घण्टापछि डिलिट गरेका थिए ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु