त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको छ ।
न्यून स्कोरको थ्रिलर बनेको खेलमा स्कटल्याण्डले दिएको लक्ष्य नेपालले १ बल बाँकी रहँदा पूरा गरेको हो ।
पहिले ब्याटीङ गरेको स्कटल्याण्डले ९८ रनको लक्ष्य दिएको थियो। ८ विकेट गुमाएर नेपालले १९.५ ओभरमा लक्ष्य पुरा गरेको हो।
सात विकेट गुमाएको नेपाललाई अन्तिम ओभरमा ४ रन मात्र आवश्यक थियो। १९.४ ओभरमा १ रन मात्र बाँकी रहेको अवस्थामा किरण ठगुन्ना क्याचआउट भएपछि खेल रोमाञ्चक बनेको थियो। त्यसपछि ब्याटीङमा आएका सन्दीप लामिछानेले १ रन जोडेपछि नेपाल झिनो अन्तरले विजयी भएको हो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले १४, बासिर अहमदले १३ तथा किरण ठगुन्नाले १० रन बनाए।
टस जितेर पहिले बलिङ गरेको नेपालले स्कटल्याण्डलाई १९.३ ओभरमै अलआउट गराएको थियो।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले घातक बलिङ गर्दै ४ ओभरमा ४ विकेट लिएर ११ रन मात्र दिएका थिए।
त्यस्तै, करण केसी र दीपेन्द्रसिंह ऐरीले २–२ र ललित राजवंशीले १ विकेट लिए। एक ब्याट्सम्यान रनआउट भएका थिए। स्कटल्याण्डका लागि माइकल लिस्कले ४६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान टिक्न सकेनन्।
त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो पहिलो खेलमा नेपाल सोमबार नेदरल्याड्ससँग तेस्रो सुपरओभरमा पराजित बनेको थियो। दोस्रो खेलमा जित निकालेको छ ।
नेपालको तेस्रो खेल नेदरल्याड्सविरुद्ध बिहीबार र चौथो खेल स्कटल्याण्डविरुद्ध शुक्रबार रहेको छ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला