त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको छ ।
न्यून स्कोरको थ्रिलर बनेको खेलमा स्कटल्याण्डले दिएको लक्ष्य नेपालले १ बल बाँकी रहँदा पूरा गरेको हो ।
पहिले ब्याटीङ गरेको स्कटल्याण्डले ९८ रनको लक्ष्य दिएको थियो। ८ विकेट गुमाएर नेपालले १९.५ ओभरमा लक्ष्य पुरा गरेको हो।
सात विकेट गुमाएको नेपाललाई अन्तिम ओभरमा ४ रन मात्र आवश्यक थियो। १९.४ ओभरमा १ रन मात्र बाँकी रहेको अवस्थामा किरण ठगुन्ना क्याचआउट भएपछि खेल रोमाञ्चक बनेको थियो। त्यसपछि ब्याटीङमा आएका सन्दीप लामिछानेले १ रन जोडेपछि नेपाल झिनो अन्तरले विजयी भएको हो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले १४, बासिर अहमदले १३ तथा किरण ठगुन्नाले १० रन बनाए।
टस जितेर पहिले बलिङ गरेको नेपालले स्कटल्याण्डलाई १९.३ ओभरमै अलआउट गराएको थियो।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले घातक बलिङ गर्दै ४ ओभरमा ४ विकेट लिएर ११ रन मात्र दिएका थिए।
त्यस्तै, करण केसी र दीपेन्द्रसिंह ऐरीले २–२ र ललित राजवंशीले १ विकेट लिए। एक ब्याट्सम्यान रनआउट भएका थिए। स्कटल्याण्डका लागि माइकल लिस्कले ४६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान टिक्न सकेनन्।
त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो पहिलो खेलमा नेपाल सोमबार नेदरल्याड्ससँग तेस्रो सुपरओभरमा पराजित बनेको थियो। दोस्रो खेलमा जित निकालेको छ ।
नेपालको तेस्रो खेल नेदरल्याड्सविरुद्ध बिहीबार र चौथो खेल स्कटल्याण्डविरुद्ध शुक्रबार रहेको छ।
सम्बन्धित खबर
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ