स्याङ्जाको वालिङ नगरपालिका –९ मा आँधीखोला संरक्षण अभियानबाट फर्किएका दुईजना राष्ट्रिय स्वतन्त्र पार्टीका नेतालाई कुटपिट गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वालिङ् नगरपालिका -८ का २९ वर्षीय साजन पङ्गेनी रहेका छन् । आँधीखोलाबाट ढुङ्गा, बालुवा उत्खननको विषयलाई लिएर विवाद एवं कुटपिट भएको सूचना पश्चात् घटनामा संलग्नहरुको खोजतलास गर्ने क्रममा पङ्गेनीलाई मंगलबार रातिनै लुकिछिपी बसेको अवस्थामा वालिङ् मिर्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
पक्राउ परेका पङ्गेनीलाई पीडितको जाहेरीका आधारमा ज्यान मार्ने कसुरमा स्याङ्जा अदालतबाट सात दिनको म्याद लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रवक्ता चौधरीले बताए ।
रास्वपा नेताद्वय दिनेश तिवारी (दीनकर नेपाल) र मेघ आलेलाई रड प्रहार गरेका वालिङ् -१० का वडाध्यक्ष सुनिल खनाल घटना पश्चात् सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । वडा अध्यक्ष खनाललगायतका विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
मंगलबार आँधीखोला नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किँदै गरेका रास्वपा नेताद्वय दिनेश तिवारी (दीनकर नेपाल) र मेघ आलेलाई वालिङ् -१० का वडा अध्यक्ष सुनिल खनाललगायतले रडले हानेका थिए ।
रडले टाउकोमा हान्दा आफूले लगाएको हेलमेटको सिसा फुटेको र छेक्दा हातमा समेत चोट लागेको नेपालले बताएका छन् । नेपालसङ्गै रहेका आलेलाई भने वडा अध्यक्ष खनालले धकेलेर नालीमा लडाइदिएका थिए ।
घाइते नेपालको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भइरहेको छ भने आले सामान्य उपचार पश्चात् घर फर्किएका थिए ।
सम्बन्धित खबर
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन