पोखरा । रेवान पोखराको आयोजनामा विभिन्न तीनवटा तालिमहरू सम्पन्न भएका छन् । रेवान पोखरा मातहतका विभिन्न रेस्टुरेन्टमा कार्यरत ६५ जना कर्मचारीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । सम्पन्न बारिष्टा पुनर्ताजगीमा २५ जना, इन्डियन कुजिन तालिममा २० जना र कन्टिनेन्टल कुजिन तालिममा २० जनाको सहभागिता रहेको थियो । उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी तथा इन्स्योरेन्स परियोजनाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
तालिमका सहभागीहरूलाई एक समारोहका बीच प्रमाणपत्र वितरण गरिएको छ । उनीहरूलाई समापन समारोहका प्रमुख अतिथि उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष संजीवबहादुर कोइराला, नेपाल पर्यटन बोर्ड गण्डकीका लेखा प्रमुख सागर श्रेष्ठ, इन्स्योरेन्स परियोजना गण्डकी प्रदेश प्रमुख सुशील लिङखा, परियोजनाकै प्राविधिक संयोजक प्रतिमा गुरुङ, कान्तिपुर टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजका अपरेसन म्यानेजर निश्चल देवकोटा, कलेजका कलिनरी हेड सुगम तामाङ, बारिष्टा हेड संजय गुरुङ लगायतले प्रमाणपत्र वितरण गरे ।
समापन समारोहका वक्ताहरुले तालिममा लिएका ज्ञानलाई व्यवहारमा लागू गर्न सके तालिम लिएको औचित्यता पूरा हुनेमा जोड दिए । पर्यटकीय राजधानी सहर पोखरामा दक्ष जनशक्तिको खाँचो रहेको हुँदा यस्तो तालिमको महत्व झनै बढेको उनीहरूको भनाइ थियो । तालिमले रेस्टुरेन्टमा आबद्ध कर्मचारीहरूको सिपमा थप निखारता ल्याएको भन्दै उनीहरूले आगामी दिनमा गुणस्तरीय सेवा प्रदान गर्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै रेवान पोखराका उपाध्यक्ष बसन्त गौतमले रेवानले विगतका वर्षहरूमा दिँदै आएको तालिमलाई यस वर्ष पनि निरन्तरता प्रदान गरेको बताए । अध्यक्ष विश्वराज पौडेलले रेवानले यो वर्षलाई तालिम वर्षका रुपमा लिएको जनाउँदै आगामी दिनहरूमा पनि कर्मचारीहरूको दक्षतालाई निखार्न थप तालिम गरिने बताए । रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो