राष्ट्रिय महिला भलिबलः गण्डकी चौथोमै सीमित, रिक्जना बोटे बनिन् उदीयमान खेलाडी

भलिबल

राष्ट्रिय महिला भलिबलः गण्डकी चौथोमै सीमित, रिक्जना बोटे बनिन् उदीयमान खेलाडी

न्यू डायमण्ड च्याम्पियन

gandaki mahila team

पोखरा । नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले चाैथाे स्थानमा चित्त बुझाउनुपरेको छ ।

हेटौंडामा बुधबार तेस्रो स्थानमा लागि भएको खेलमा गण्डकी नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित हुँदा चौथो स्थानमा सीमित बनेको हो । पुलिसले गण्डकीलाई  २५–२३, २५–१८ र २५–१८ ले पराजित गरेको हो ।

चौथो बनेको गण्डकीले नगद ५१ हजार रुपैयाँ हात पार्‍यो । गण्डकीकी रिक्जना बोटे प्रतियोगिताकै उदीयमान खेलाडी बनिन् । उनले ट्रफी र नगद ५ हजार पाइन् । तेस्रो बनेको पुलिसले १ लाख प्राप्त गर्‍यो।

न्यू डायमण्ड च्याम्पियन

फाइनलमा एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यू डायमण्ड स्पोर्टस् क्लब च्याम्पियन बन्यो । न्यू डायमण्डले एपिएफलाई २५–१२, २५–२३ र २५–१८ ले सोझो सेटमा पराजित गरेको हो ।

उपाधि जितेको न्यू डायमण्डले नगद ५ लाख हात पार्‍यो । उपविजेता बनेको एपिएफले ३ लाखमा चित्त बुझायो ।

उत्कृष्ट सर्भर कोपिला राना पुलिस, उत्कृष्ट लिब्रो न्यु डायमन्ड सलिना श्रेष्ठ, उत्कृष्ट ब्लकर एपीएफ गरिमा बोहोरा, उत्कृष्ट सेटर न्यु डायमन्ड प्रगति नाथ, उत्कृष्ट स्पाइकर एपीएफ निरुता ठगुन्ना र बेस्ट प्लेयर डाइमन्डकी सुमित्रा रेग्मी चुनिए ।

नेपाल स्पोर्ट्स क्लबको आयोजनामा भएकाे प्रतियाेगितामा ६ टाेली सहभागी भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ