पोखरा । नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले चाैथाे स्थानमा चित्त बुझाउनुपरेको छ ।
हेटौंडामा बुधबार तेस्रो स्थानमा लागि भएको खेलमा गण्डकी नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित हुँदा चौथो स्थानमा सीमित बनेको हो । पुलिसले गण्डकीलाई २५–२३, २५–१८ र २५–१८ ले पराजित गरेको हो ।
चौथो बनेको गण्डकीले नगद ५१ हजार रुपैयाँ हात पार्यो । गण्डकीकी रिक्जना बोटे प्रतियोगिताकै उदीयमान खेलाडी बनिन् । उनले ट्रफी र नगद ५ हजार पाइन् । तेस्रो बनेको पुलिसले १ लाख प्राप्त गर्यो।
न्यू डायमण्ड च्याम्पियन
फाइनलमा एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यू डायमण्ड स्पोर्टस् क्लब च्याम्पियन बन्यो । न्यू डायमण्डले एपिएफलाई २५–१२, २५–२३ र २५–१८ ले सोझो सेटमा पराजित गरेको हो ।
उपाधि जितेको न्यू डायमण्डले नगद ५ लाख हात पार्यो । उपविजेता बनेको एपिएफले ३ लाखमा चित्त बुझायो ।
उत्कृष्ट सर्भर कोपिला राना पुलिस, उत्कृष्ट लिब्रो न्यु डायमन्ड सलिना श्रेष्ठ, उत्कृष्ट ब्लकर एपीएफ गरिमा बोहोरा, उत्कृष्ट सेटर न्यु डायमन्ड प्रगति नाथ, उत्कृष्ट स्पाइकर एपीएफ निरुता ठगुन्ना र बेस्ट प्लेयर डाइमन्डकी सुमित्रा रेग्मी चुनिए ।
नेपाल स्पोर्ट्स क्लबको आयोजनामा भएकाे प्रतियाेगितामा ६ टाेली सहभागी भएका थिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला