पोखरा । पोखराको सांगीतिक र सांस्कृतिक क्षेत्रमा विशेष पहिचान बनाएको सफल निरमाया दोहोरी सांझ एण्ड रेष्टुरेन्ट प्रालिले आफ्नो २१औं वार्षिकोत्सव विशेष कार्यक्रमसहित भव्य रूपमा मनाउने भएको छ।
वार्षिकोत्सवको अवसरमा आयोजित सांगीतिक कार्यक्रममा लोकदोहोरी क्षेत्रका चर्चित कलाकारहरू गीता पाइजा, श्याम राना, टीका सानु, सिद्धार्थ आले, माया गुरुङ र चीज गुरुङले प्रस्तुति दिनेभएका छन । असार १५ देखि २० गते सम्म आयोजना हुने वार्षिकोत्सवमा नियमित कलाकारको समेत प्रस्तुति रहने संचालक इन्द्रा पुनले जानकारी गराइन ।
रेष्टुरेन्टका अर्का सञ्चालक जीवन गुरुङका अनुसार, दुई दशकभन्दा लामो यात्रामा रेष्टुरेन्टले लोकसंस्कृति संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान गर्दै आएको छ। उनले भने, “हाम्रो उद्देश्य केवल व्यवसायिक सेवा मात्रै होइन, नेपाली मौलिक लोकसंस्कृति र पहिचानलाई जगेर्ना गर्नु पनि हो। यसै उद्देश्यले हरेक वर्ष वार्षिकोत्सवलाई सांगीतिक माहोलमा मनाउँदै आएका छौं।”
उनका अनुसार यो कार्यक्रमले नयाँ पुस्तामा लोकसंस्कतिको रुचि थप जगाउने विश्वास गरिएको छ। कार्यक्रममा उपस्थित दर्शकले कलाकारहरूको प्रत्यक्ष प्रस्तुति, लोकदोहोरी गीत, नृत्य र विविध मनोरञ्जनात्मक कार्यक्रमको मजा लिन सक्नेछन्।
रेष्टुरेन्टले आगामी दिनहरूमा अझ गुणस्तरीय सेवा, स्वादिष्ट परिकार र सांगीतिक माहोलमार्फत ग्राहकहरूको मन जित्दै अघि बढ्ने प्रतिवद्धता जनाएको छ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ