विषालु च्याउ खाँदा १६ जना बिरामी, ३ को अवस्था गम्भीर

विषालु च्याउ खाँदा १६ जना बिरामी, ३ को अवस्था गम्भीर

hospital-birami

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–२ टाँडीस्वारामा विषालु च्याउको तरकारी पकाएर खाँदा एउटै गाउँका १६ जना बिरामी परेका छन्।

स्थानीय जीवनज्योति चर्च मण्डलीको भवनको ढलानको काम गर्न गएका उनीहरू घर ढलानको भोजमा च्याउको तरकारी खाएर बिरामी परेका हुन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार च्याउ खाएर बिरामी भएकामध्ये नौ जनाको चितवनको भरतपुरस्थित सरकारी अस्पताल र सात जनाको भरतपुरकै भरतपुरको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

बिरामीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरू सबै बुलिङटार गाउँपालिका–२ का बासिन्दा हुन्।

च्याउ खाएर बिरामी परेका स्थानीय १७ वर्षीया निशा ठाडामगर, ४५ वर्षीय एकवीर बराल र ५० वर्षीया चुलीमाया थापाको अवस्था गम्भीर छ। च्याउ खाएर बिरामी हुनेहरूमा सोही ठाउँका ५१ वर्षीया समीमाया राना, १७ वर्षीया कविता लुंगेली, ३७ वर्षीय सीताराम गरन्जा मगर, ४८ वर्षीय कृष्णबहादुर राना, ७८ वर्षीया जसु डिसुवा मगर र ४२ वर्षीया हुमाया सारु रहेका छन्।

स्थानीय ६६ वर्षीया गनिसरा रानामगर, ४० वर्षीया मनमाया लुंगेली मगर, ३५ वर्षीया धनमाया लुङ्गेली, ५० वर्षीया रुमा गाहामगर, १८ वर्षीय राजन रानामगर, ३१ वर्षीय सञ्जय कुमाल र उनकी सात वर्षीया छोरी एरिना कुमाल पनि च्याउ खाए बिरामी परेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ