गलकोट नगर प्रहरीको प्रमुखमा खत्री नियुक्त

गलकोट नगर प्रहरीको प्रमुखमा खत्री नियुक्त

khatri

बागलुङ । बागलुङको गलकोट नगरपालिकाको नगर प्रहरी बलको प्रमुखमा कृष्ण बहादुर खत्री नियुक्त भएका छन् । उनले नगर प्रहरी प्रमुखको रुपमा काम गर्न थालेको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले जानकारी दिए ।

खत्री युएईको अबुधाबी प्रहरीको अवकाश प्राप्त प्रहरी हुन् । लामो समय युएईमा प्रहरीको रुपमा काम गरेका उनी जिम प्रशिक्षक देखि प्रहरीमा कार्य सम्पादनमा अब्बल थिए । अवकाशपछि उनीको विज्ञता गलकोटको नगर प्रहरी बलमार्फत उपयोग गरिने भण्डारीले बताए ।

हाल गलकोट नगर प्रहरीमा करिब ३ जना कार्यरत रहेका छन् । तर यसलाई आवश्यकता र कामको चाप अनुसार संख्या बढाएर ५ जना सम्म पुर्‍याउन सकिने गलकोट नगरपालिकाले जनाएको छ । नगर प्रहरीको टिम खत्रीको कमाण्डमा हुनेछ ।

आफु नगर प्रहरी बल प्रमुख हबल्दारमा नियुक्त भएको नगर प्रहरी प्रमुख खत्रीले पनि पुष्टि गरे । खत्रीले स्थानिय तहको ऐन र नियममा रहेर आफूले कार्य सम्पादन गर्ने प्रतिकृया दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ