पोखरा । पोखराका विभिन्न ठाउँबाट जुवातास खेलिरहेका अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जुवातास खेल्ने गरेको भन्ने सूचनाको आधारमा अस्ति आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका– १० रक्षामार्गबाट ९ जना र जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलिले पोखरा महानगरपालिका– १५ घलेचोकबाट ८ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार रक्षामार्गबाट पक्राउ पर्नेहरुमा पोखरा– १९ लामाचौर बस्ने बर्ष ३८ को ईप्रसाद छन्त्याल, पोखरा– ११ फुलबारी बस्ने बर्ष ३९ को हेम नारायण गर्बुजा, पोखरा– १२ माटेपानी बस्ने बर्ष ४१ को लिलप्रसाद गुरुङ, पोखरा– २९ सैनीक बस्ती बस्ने बर्ष ५१ को टेक बहादुर गुरुङ, पोखरा– १६ बस्ने बर्ष ३४ की रेनु गर्बुजा, पोखरा– ९ न्युरोड बस्ने बर्ष ३४ की दिपा पुन, पोखरा– १५ नयाँगाँउ बस्ने बर्ष ३२ की जेनिषा पुन, पोखरा– १४ चाउथे बस्ने बर्ष ३७ की पुष्पा पुन र पोखरा– १० रक्षा मार्ग बस्ने ३९ को दल बहादुर पुन गरी ९ जना रहेका छन्। प्रहरीले जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई नगद २ लाख २२ हजार ८० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
यस्तै, घलेचोकबाट जुवातास खेलिरहेका अवस्थामा पोखरा– १० बस्ने बर्ष ३४ को चन्द्र बहादुर पुन, पोखरा– १० रंगशाला बस्ने बर्ष ४४ की कल्पना भन्ने टिकामाया आले, पोखरा– १० काजीपोखरी बस्ने बर्ष३७ की बिष्णु थापा, पोखरा– १५ लक्ष्मीटोल बस्ने बर्ष ४२ की सोनी गुरुङ, पोखरा– १५ घलेचोक बस्ने बर्ष ४२ को हिमाल गुरुङ, पोखरा– १९ लामाचौर बस्ने बर्ष ४५ की केश कुमारी गुरुङ, पोखरा– १० काजिपोखरी बस्ने बर्ष ५१ को टोप बहादुर थापा र पोखरा– १५ मितेरी टोल बस्ने बर्ष ६७ को बलराम गुरुङ गरी ८ जना पक्राउ परेका छन् ।
प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ९० हजार ९८५ रुपौयाँ र ४ बुक ताससमेत बरामद गरेको छ।
पक्राउ परेका उनीहरू सबैजनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाइको छ ।
सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’