पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–दोभान खण्डको सिद्धबाबामा खसेको पहिरोले पुर्दा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।
प्रहरी चौकी दोभान पाल्पाका प्रहरी नायब निरीक्षक रूम केसीका अनुसार तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै सडक माथिबाट पहिरो खस्दा उक्त दुर्घटना भएको हो ।
पहिरोमा परेर लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलमा बुटवलबाट पाल्पा जाँदै गरेका रामपुर नगरपालिका–६ तालपोखरा बस्ने ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि बसेकी जनककी श्रीमती २९ वर्षीया कल्पना चापागाईं घाइते भएकी छन् ।
प्रहरीका अनुसार मंगलबार दिउँसो ४ बजेतिर झरेको पहिरोमा परेका जनकलाई सडकदेखि ३५ मिटर तल भिरबाट उद्धार गरिएको थियो ।
घटना भएको १५–२० मिनेटभित्रै पहिरोले पुरिएको अवस्थाबाट उद्धार गरिएका जनकलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते भएकी कल्पनाको बुटवलमा उपचार भइरहेको प्रहरी नायब निरीक्षक केसीले जानकारी दिए । पहिरोका कारण केही समय अवरूद्ध भएको सडकमा अहिले पहिरो हटाएर आवागमन सुरू गरिएको छ ।
सम्बन्धित खबर
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
गोसाईंकुण्ड जाने तीर्थयात्री बोकेकासहित करिब ३०० यात्रुवाहक बस बेपत्ता
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा