सिद्धबाबाको पहिरोले पुर्दा मोटरसाइकलमा सवार श्रीमानको मृत्यु, श्रीमती घाइते

दुर्घटना

सिद्धबाबाको पहिरोले पुर्दा मोटरसाइकलमा सवार श्रीमानको मृत्यु, श्रीमती घाइते

siddhababa pahiro

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–दोभान खण्डको सिद्धबाबामा खसेको पहिरोले पुर्दा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

प्रहरी चौकी दोभान पाल्पाका प्रहरी नायब निरीक्षक रूम केसीका अनुसार तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै सडक माथिबाट पहिरो खस्दा उक्त दुर्घटना भएको हो ।

पहिरोमा परेर लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलमा बुटवलबाट पाल्पा जाँदै गरेका रामपुर नगरपालिका–६ तालपोखरा बस्ने ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि बसेकी जनककी श्रीमती २९ वर्षीया कल्पना चापागाईं घाइते भएकी छन् ।

प्रहरीका अनुसार मंगलबार दिउँसो ४ बजेतिर झरेको पहिरोमा परेका जनकलाई सडकदेखि ३५ मिटर तल भिरबाट उद्धार गरिएको थियो ।

घटना भएको १५–२० मिनेटभित्रै पहिरोले पुरिएको अवस्थाबाट उद्धार गरिएका जनकलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते भएकी कल्पनाको बुटवलमा उपचार भइरहेको प्रहरी नायब निरीक्षक केसीले जानकारी दिए । पहिरोका कारण केही समय अवरूद्ध भएको सडकमा अहिले पहिरो हटाएर आवागमन सुरू गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ