पोखरा । पोखराका मुख्य सडकका छेउहरु फोहोरको थुप्रोले ढाकिन थालेपछि पोखरा ९ की राममाया मानन्धरलाई चित्त परेन । साँझसम्म सफा ठाउँमा बिहान उठ्दा फोहोर थुप्रिसकेको हुने । अनि सोचिन्, आफूले सक्दो किन नगर्ने ?
त्यसैले, फोहोर फाल्नेहरुमाथि निगरानी गर्ने मनसायका साथ बेलुकी घरको काम सकेपछि परिवार नै सडकमा निस्कन थाले । झण्डै तीन महिना हुन लाग्यो, राममाया श्रीमान् सन्तोष आले र छोरोका साथ सपरिवार नै राति अबेरसम्म पोखराको सडक निगरानी गर्दै हिँड्छिन् । छोरो बीचमा राखेर श्रीमानले चलाएको मोटरसाइकलमा बसेर पोखराका मुख्य मुख्य सडकमा फोहोर फाल्न नदिन यस्तो दैनिकी नै उनको बनेको छ ।

शान्तिबनबाटिका, पृथ्वीचोक, न्यूरोड, महेन्द्रपुल, पालिखेचोक, बास्तोलाथर, दरबारथोक मार्ग, नयाँबजार लगायतका ठाउँमा उनी डुल्छिन् । कतिलाई फोहोर फाल्दै गरेको अवस्थामा रंगेहात भेटिन्छ । उनीहरुलाई सम्झाईबुझाई गर्ने उनी बताउँछिन् । कति फेरि दोहोरिएर समातिन्छन्, उनीहरुलाई जरिवाना तिराउन समेत पछि नपर्ने राममाया सुनाउँछिन् ।
वडा नं. ९ बासीले जनप्रतिनिधिका रुपमा उनलाई वडा सदस्यमा चुनेको त्यसै होईनन् । सामाजिक गतिविधिमा उनी छुटेकी हुँदैनन् । शौभाग्य आमा समूहकी संस्थापक अध्यक्ष समेत रहेकी राममाया बृहत पोखरा सफाई अभियानकी अभियन्ता पनि हुन् । प्रमुख अभियन्ता रामबहादुर पौडेल सामाजिक काममा राममायाको सक्रियताको प्रशंसा गरेर कम हुने बताउँछन् ।

पोखरा वडा नं. ९ सचिव लोकदर्शन कोइरालाले सडकमा फोहोर फाल्नेहरुलाई मध्येरातसम्म खटिएर खबरदारी गर्ने राममाया स्वयंसेविकाका रुपमा वडाबासीलाई सेवा दिन हरदम तयार हुने बताउँछन् ।
अभियन्ता समेत रहेकी फिस्टेल नर्सिङ क्याम्पसकी प्रिन्सिपल जीता बराल पनि चौबिसै घण्टा निस्वार्थ सेवाका लागि खटिने राममाया जस्ता जनप्रतिनिधि देखेर आफू प्रभावित हुने बताउँछिन् ।
राममाया जस्तै, न्यूरोड क्षेत्रमा शिक्षिका एवं रेडियो गोर्खालीकी स्टेशन म्यानेजर खिमा गुरुङ यसरी नै पोखरा फोहोर बन्न नदिने अभियानमा जुटेकी छन् ।
पोखरा उपत्यका वृहत सफाई अभियानको १२३ औं श्रृंखला
सफा पोखरा अभियानमा अभियन्ताहरु वर्षौंदेखि लागिरहेका छन् । हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने मूल मन्त्रका साथ सुरु भएको पोखरा उपत्यका वृहत सफाई अभियानको १२३ औं श्रृंखला सम्पन्न भईसकेको छ । शनिबार पोखरा औद्योगिक क्षेत्रमा सरसफाई गरिएको छ । यो अभियान मुलुकमै निरन्तर र गर्वलायक अभियान बनेको छ ।


पछिल्लो दुई तस्विरः अभियन्ता अञ्जु क्षेत्री
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए