म्याग्दीमा पहिरोले पुरिएर बेपत्ता बालक मृत फेला

म्याग्दीमा पहिरोले पुरिएर बेपत्ता बालक मृत फेला

balak

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकास्थित लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता भएका बालकको शव फेला परेको छ ।

मालिका गाउँपालिका–३ रुप्सीपारमा पहिरोमा पुरिएका १३ वर्षका सरोज विकको शव फेला परेको हो ।

बुधबार घाँसदाउरा गएका बेला उनका बुबा ३५ वर्षीय जगेन्द्र विकको समेत पहिरोले पुरेर मृत्यु भएको थियो भने बालक बेपत्ता थिए ।

शसस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दी र नेपाल प्रहरीको संयुक्त टोलीले बिहीबार दिउँसो ०१ः२५ बजेतिर बेपत्ता सरोजको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बुधबारको पहिरोले स्थानीय कुलबहादुर बुढाको गोठ बगाउँदा एक हल गोरु समेत बगाएको थियो ।

सम्बन्धित न्यूजः
म्याग्दीमा पहिरोमा पुरिएर बाबुको मृत्यु, छोरा बेपत्ता
पहिरो खसेर थुनिएको म्याग्दी नदी बग्न थाल्यो

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ