पोखरा । पोखरामा बसमा सवार महिलाले घाँटिमा लगाएको सुनको सिक्री चोरी गरी फरार रहेका २ जना काठमाडौंबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ घर भइ हाल काठमाडांै गोकर्णेश्वर नगरपापालिका ४ बस्ने वर्ष २८ को अन्जन तामाङ र वर्ष ३२ को सुरेश तामाङ रहेका छन् ।
प्रहरीका अनुसार २९ चैत्र २०८१ मा साँझ सवा ५ बजे अम्मरसिंह चोकबाट लेखनाथ तर्फ जाँदै गरेको बसमा सवार एक जना महिलाले घाँटिमा लगाएको २ तोलाको सुनको सिक्री पोखरा महानगरपालिका १० शिवचोक पुग्दा सोही बसमा सवार उनीहरुले उक्त सिक्री चोरी तथा लुटपाट गरी फरार रहेका थिए ।
उक्त सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी परिचालन भई अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न उनीहरुलाइ यही असार २५ गते बुधबार जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंको सहयोगमा काठमाडौं ४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी विस्तृत अनुसन्धान प्रकृया अगाडी बढाइएको जनाएको छ ।
सम्बन्धित खबर
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
१५ वर्षीया बालिका मृत्यु प्रकरण: पुतलीबजारका ४४ वर्षीय तिवारी पक्राउ
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ