भुटान विरूद्ध नेपालको ८ गोल, उपाधि जित्न बंगलादेशलाई हराउनैपर्ने

साफ यू-२० महिला च्याम्पियनसिप

भुटान विरूद्ध नेपालको ८ गोल, उपाधि जित्न बंगलादेशलाई हराउनैपर्ने

मीना देउवा र पूर्णिमा राईको ह्याट्रिक गोल

NepalvsBhutan

बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालले ८ गोल गरेको छ।

शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानको गोल पोस्टमा ८ गोल प्रहार गरेको हो।

नेपालका लागि मीना देउवा र पूर्णिमा राईले ह्याट्रिक गोल गरेका थिए भने समीक्षा मगर र कुसुम खतिवडाले एक/एक गोल गरेका थिए।

जारी प्रतियोगितामा भुटानसँग नेपालको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो।

प्रतियोगितमा नेपालसहित आयोजक बंगलादेश, भुटान र श्रीलंका सहभागी छन्।

खेल डलब राउन्ड रोबिनका आधारमा भइरहेको छ।

‍नेपालले श्रीलंकालाई दुवै खेलमा ७-० गोलले हराएको थियो।

आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा भने नेपाल ३-२ गोलले हारेको थियो।

नेपाल फेरि सोमबार बंगलादेशसँग भिड्नेछ। उपाधि जित्न नेपालले बंगलादेशलाई पराजित गर्नुपर्नेछ।

घरेलु टोली बंगलादेशले ३ खेलबाट अहिलेसम्म ९ अंक बटुलेको छ।

सबै खेल सकिएपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ