पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ७ दिने औपचारिक भ्रमणका लागि मंगलबार चीनतर्फ प्रस्थान गरेका छन् ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा भाग लिन मुख्यमन्त्री पाण्डेसहित ५ सदस्यीय प्रतिनिधिमण्डल मंगलबार पोखराबाटै सिधै हिमालयन एयरलायन्समार्फत चीन प्रस्थान गरेको हो ।
टोलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक मुख्यमन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठ, मन्त्रीहरू तथा प्रदेश सभा सदस्यहरूले बिदाइ गरेका थिए ।
उनले प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठलाई प्रदान गरेका छन् ।
६ देखि १२ साउनसम्म हुने मुख्यमन्त्री पाण्डेको यो भ्रमणलाई संघीय मन्त्रिपरिषद्को असार २३ गते बसेको बैठकले स्वीकृति प्रदान गरेको थियो ।
भ्रमण टोलीमा मुख्यमन्त्रीकी पत्नी बिना पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली तथा मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटा छन् ।

भ्रमणका क्रममा मुख्यमन्त्री पाण्डेले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च पदस्थ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
ल्हासामा तिब्बत स्वायत्त क्षेत्रीय कमिटीका पार्टी सचिव वाङ जुनझेङसँग र लिन्झीमा नगर कमिटीका पार्टी सचिव आओ लिउछ्वान तथा उपसचिव एवं नगर प्रमुख बातासँग द्विपक्षीय भेटघाट गर्नेछन् ।
मुख्यमन्त्री पाण्डेले पनि आफ्नो भ्रमणमा कोरला नाका, पोखरा विमानस्थल सञ्चालन र दुई देशबीचको व्यापारिक सहजीकरण गरी मुख्य चारवटा एजेण्डामा केन्द्रित रहने बताएका छन् । टोली साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो