काठमाडौं । अबदेखि मिर्गौलाका बिरामीलाई ८ लाख ५० हजारसम्म सरकारले स्वास्थ्य सेवामा सहुलियत गर्ने भएको छ ।
यसअघि विपन्न कार्यक्रम मार्फत सरकारले एक लाखको सुविधा दिँदै आएको थियो । कडा रोगका लागेका नागरिकलाई स्वास्थ्य उपचार गर्न आर्थिक सकस परेपछि सरकारले स्वास्थ्य बीमा मार्फत थप एक लाख दिने भएको हो ।
उक्त एक लाखको सहुलियत क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले पाउने भएका छन् । यसअघि स्वास्थ्य बीमामा आवद्ध भएकाले मानिसले नियमित एक लाखसम्मको सेवा पाउँदै आएका थिए ।
स्वास्थ्य बीमा नियमावली २०७५ सुविधा सम्बन्धीको व्यवस्था अनुरुप थप एक लाख दिइने घोषणा गरिएको हो । नियमावलीमा भनिएको छ,‘ १ साउन २०७६ देखि लागु हुने गरी कडा रोग लागेका बीमितलाई थप एक लाख दिइने छ ।’
तर यसका लागि अनिवार्य रूपमा स्वास्थ्य बीमा भने आवद्ध हुनुपर्ने छ । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार चिकित्सकले कडा रोग लागेको पुष्टि गर्दै स्थानीय तहलाई सिफारिस गर्नुपर्ने छ । त्यसपछि स्थानीय तहले जिल्ला रहेको स्वास्थ्य बीमा बोर्डको कार्यालयलाई सिफारिस गर्नेछ ।
मल्लका अनुसार पछिल्लो निर्णयको सहुलियत दिन केही प्राविधिक काम भइरहेकाले बीमितले सेवा पाउनका लागि केही हप्ता कुर्नुपर्ने हुन्छ ।
यसो हुँदा कडा रोगका लागेका मानिसले तीन लाखसम्मको सेवामा सहुलियत हुने भयो । यस्तै सबैभन्दा बढी भने मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई हुने देखिन्छ । किनकि सरकारको राष्ट्रिय कार्यक्रम मार्फत प्रत्यारोपण गर्ने बिरामीलाई ५ लाख ५० हजार दिने व्यवस्था छ ।
अब देखि मिर्गौलाका बिरामीले ८ लाख ५० हजारसम्मको सुविधा पाउने भएका छन् ।
उसो त प्रदेश सरकारले पनि कडा रोग लागेका बिरामीका लागि थप सहुलियत दिँदै आएका छन् ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’