सर्लाही प्रहरीले अवैध कटुवा पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ।
ट्राफिक जाँचका क्रममा एक व्यक्तिको मोबाइलमा उनकै छोराले हतियार बोकेको फोटो भेटिएपछि प्रहरीले उनीहरूलाई मलंगवाबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार, बुधबार दिउँसो मलंगवा नगरपालिका–६, सुखैनियामा ट्राफिक प्रहरीले जाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० ए १०७१ नम्बर प्लेटको मोटरसाइकल रोकेको थियो।
चालक मोहन पासवानसँग सवारी कागजात माग्दा उनले आफ्नो मोबाइलमा देखाउन खोज्ने क्रममा प्रहरीले उनको मोबाइलमा १२ वर्षीय छोरा नवल पासवानले कटुवा पेस्तोल बोकेको तस्बिर देखेको थियो।
तत्कालै मोहनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले उक्त पेस्तोल रामहुलास पासवानको भएको बयान दिएका थिए। सोही बयानका आधारमा प्रहरी टोलीले राति नै रामहुलासको घरमा पुगेर उनलाई पनि नियन्त्रणमा लियो।
रामहुलासले देखाएको ठाउँअनुसार, उनको घरको पूर्वपट्टिको भित्तामा कपडाले बेरेर लुकाइराखेको अवस्थामा प्रहरीले उक्त कटुवा पेस्तोल बरामद गरेको हो।
प्रहरीले दुवै जनालाई पक्राउ पुर्जी दिई बिहीबार जिल्ला अदालत, सर्लाहीमा पेश गरेको थियो। अदालतले घटनाबारे थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’