पोखरा । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड पहिलोपल्ट राजधानीबाहिर पोखरामा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) आयोजनामा यसपालिको २२ औं संस्करण आगामी २९ भदौमा पोखरामा हुने शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घोषणा गरिएको हो ।
सोही अवसरमा आयोजक मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबीच प्रायोजकसम्बन्धी सम्झौता भयो । सम्झौतापत्रमा मञ्च अध्यक्ष नीरञ्जन अधिकारी र गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले हस्ताक्षर गरे । १७ वर्षदेखि नियमित रुपमा मुख्य प्रायोजन गर्दै आएको गोल्छा ग्रुपले ५ वर्षको सम्झौता थप गरेको हो । सम्झौताअनुसार गोल्छा ग्रुपले नगद र जिन्सी गरी ४० लाख रुपैयाँ बराबरको प्रायोजन गर्नेछ ।
मञ्च अध्यक्ष अधिकारीले नेपाली खेलकुदको दायरा फराकिलो भइरहेको अवस्थामा स्पोट्र्स अवार्डलाई देशव्यापी फैलाउने उद्देश्यले पर्यटनको राजधानी पोखरामा अवार्ड आयोजना गर्न लागेको जानकारी दिए । पोखराले भ्रमण वर्ष–२०२५ मनाइरहेको बेला सबै पक्ष अनुकूल बनेपछि यसपालि स्पोट्र्स अवार्ड पोखरा लैजान सफल भएको अधिकारीले प्रस्ट पारे ।
गोल्छा समूहका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले २२ वर्षको सहकार्य नेपालकै लामो साझेदारीमध्ये एक भएको बताए । उनले फुटबल लिग, क्रिकेट लिग तथा विभिन्न ग्रासरुट प्रोजेक्टमा पनि सहकार्य गरेर गोल्छा समूहले नेपाली खेलकुदमा आफ्नो उपस्थिति देखाइरहेको बताए ।
एनएसजेएफका महासचिव अञ्जन खड्काले यस वर्ष पनि स्पोट्र्स अवार्डमा १० विधा समावेश गरिएको जानकारी दिए । जसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड र टिम अफ दि इयर विधा रहेको छ ।
उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ५ विधाका खेलाडीले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।
त्यस्तै, स्पेशल, लाइफटाइम अचिभमेन्ट, टिम अफ द इयर र पारा एथलेट सम्मानका विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
भोटिङ मार्फत हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयनका साथै वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने जनाइयो ।
गतवर्ष पुरुषतर्फ क्रिकेटका रोहित पौडेल, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ भारोत्तोलनका हेमन्त पाल र प्रशिक्षकतर्फ करातेका कुशल श्रेष्ठले अवार्ड जितेका थिए । सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले हासिल गरेकी थिइन् ।
स्पेसल अवार्डबाट भलिबलका प्रशिक्षक कुमार राई, पारा एथलिट सम्मानबाट पारा ओलम्पिककी कांस्य विजेता पलेशा गोवर्धन, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट दक्षिण कोरियाका ही डोङ जोङ र लाइफटाइम एचिभमेन्ट अवार्डबाट नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डेलाई सम्मानित गरिएको थियो । एसियाली खेलकुदमा ऐतिहासिक कांस्य जितेको महिला कबड्डी टोलीलाई टिम अफ द इयरबाट सम्मानित गरिएको थियो ।
पोखरामै गत २६ जेठमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले नवौं पोखरा स्पोर्टस् अवार्ड गरेको थियो । त्यसको ठिक ३ महिनामा सोही भेन्यूमा कार्यक्रम गर्ने तयारी रहेको बुझिएको छ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला