काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चितवनको चनौली वितरण केन्द्रअन्तर्गतका केही स्थानमा देखिएको विद्युत आपूर्तिको अवरोध लोडसेडिङ नभई प्राविधिक समस्याका कारण भएको बताएको छ ।
आइतबार प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै प्रष्टीकरण दिएको हो । प्राधिकरणले सामाजिक सञ्जालमा ‘लोडसेडिङ तालिका’ भनेर भ्रामक प्रचार गरिएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
लोडसेडिङ नेपालका लागि इतिहास भइसकेको भन्दै यस्ता गलत मनसायले फैलाइएको हल्लाकापछि नलाग्न आम उपभोक्तालाई आग्रह समेत गरिएको छ ।
प्राधिकरणका अनुसार चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत आपूर्ति गर्ने चनौली ३३र११ केभी ९बसेनी० सबस्टेसनबाट न्यू भरतपुर जाने ३३ केभी लाइनमा अत्यधिक लोड बढेकाले समस्या सिर्जित भएको छ ।
वर्षा याममा पनि अपेक्षाअनुसार पानी नपर्दा आँधीखोलाको सिँचाइ लोड बढेकाले पनि विद्युत प्रणालीमा थप चाप परेको विज्ञप्तिमा उल्लेख छ । उक्त प्राविधिक समस्या व्यवस्थापनका लागि ट्रान्सफर्मर फेर्ने तथा लोड व्यवस्थापन गर्नुपर्ने भएकाले केही समय विद्युत आपूर्ति अवरुद्ध हुने तालिका सार्वजनिक गरिएको जानकारी प्राधिकरणले दिएको छ ।
तर, उक्त तालिकालाई ‘लोडसेडिङ तालिका’ भन्दै प्रचार गर्नु अनुचित र भ्रामक रहेको प्राधिकरणद्वार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’