भारतलाई हराउँदै नेपालले जित्यो एमएफएनको उपाधि, प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

उपाधि

भारतलाई हराउँदै नेपालले जित्यो एमएफएनको उपाधि, प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

rabindra

काठमाडौं। नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल होल्डर चोङ्गरेन्ग कोरेनलाई पराजित गरेका छन्।

भारतको नोएडामा शनिबार सम्पन्न बान्टमवेट श्रेणीमा भएको उक्त भिडन्तमा ढाँटले तेस्रो राउन्डमै कोरेनलाई नकआउट गर्दै एमएफएन बेल्ट आफ्नो नाममा लेखाएका हुन्।

यो ढाँटका लागि व्यावसायिक करिअरको नवौं जित हो। यससँगै रविन्द्र एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन्।

कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरे पनि रविन्द्रले सम्हालिएर खेलेका थिए।

बझाङको पहाडी भूगोलबाट सुरु भएको उनको यात्रा अब एशियाली मञ्चमा नेपालको शान र सम्भावनाको प्रतिनिधित्व गर्न पुगेको छ। ढाँटको यस ऐतिहासिक जितले नेपाली एम.एम.ए क्षेत्रमा उत्साह र प्रेरणा थप्ने निश्चित देखिन्छ।

ढाँटलाई प्रधानमन्त्रीले दिए बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफए १७)मा बान्टमवेट च्याम्पियन विजेता नेपालका रवीन्द्र ढाँटलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बान्टमवेट च्याम्पियन विजेता रवीन्द्रलाई शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् “भारतका चोङ्गरेङ्ग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलोपटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई ।”

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ