काठमाडौं। नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल होल्डर चोङ्गरेन्ग कोरेनलाई पराजित गरेका छन्।
भारतको नोएडामा शनिबार सम्पन्न बान्टमवेट श्रेणीमा भएको उक्त भिडन्तमा ढाँटले तेस्रो राउन्डमै कोरेनलाई नकआउट गर्दै एमएफएन बेल्ट आफ्नो नाममा लेखाएका हुन्।
यो ढाँटका लागि व्यावसायिक करिअरको नवौं जित हो। यससँगै रविन्द्र एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन्।
कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरे पनि रविन्द्रले सम्हालिएर खेलेका थिए।
बझाङको पहाडी भूगोलबाट सुरु भएको उनको यात्रा अब एशियाली मञ्चमा नेपालको शान र सम्भावनाको प्रतिनिधित्व गर्न पुगेको छ। ढाँटको यस ऐतिहासिक जितले नेपाली एम.एम.ए क्षेत्रमा उत्साह र प्रेरणा थप्ने निश्चित देखिन्छ।
ढाँटलाई प्रधानमन्त्रीले दिए बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफए १७)मा बान्टमवेट च्याम्पियन विजेता नेपालका रवीन्द्र ढाँटलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बान्टमवेट च्याम्पियन विजेता रवीन्द्रलाई शुभकामना दिएका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् “भारतका चोङ्गरेङ्ग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलोपटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई ।”
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला