पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण

पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण

ed9fce59-ac28-47f9-a166-33db309e78f6

पोखरा १५ मा जारी तीन दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ।

पोखरा कम्युनिटी सेन्टरको आयोजना तथा वडा कार्यालय १५ को समन्वयमा आयोजित तीन दिने निःशुल्क दन्त परीक्षण शिविर आइतबार सम्पन्न भएको हो।

शिविरमा अमेरिकाको क्रिकल्याण्ड कर्नर स्टोन डेन्टल बाट आएका डा. से जिन एनको १५ चिकित्सकीय टोलीले अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण गरेका थिए।  शिविरबाट यसपालि वडाका धेरै नागरिकले लाभ लिएको भन्दै वडाध्यक्ष तोरण बानियाँले आगामी वर्ष पनि शिविरलाई निरन्तरता दिइने बताए।

निःशुल्क तीन दिने शिविरको पहिलो दिन १०४, दोस्रो दिन १५० र तेस्रो दिन करिब २०० गरी कूल ४५४ जनाले दन्त परीक्षण गरेका छन् ।

तेस्रो दिनको शिविरमा अधिकांश केटाकेटी र वृद्ध वृद्धाको सहभागिता रहेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ