उच्च अदालत पाटनले व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई फरक फरक मुद्दामा जम्मा २८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
२०८१ चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा उनीमाथि विभिन्न पाँच मुद्दा थियो । उनी चैत १५ गत पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान गएपछि भागेर भारत पुगेका थिए ।
प्रसाईंविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको थियो । यसका साथै उनीविरुद्ध बैंकिङ अपराधसम्बन्धी कानुनअनुसार मुद्दा चलाइएको थियो ।
पाटन उच्च अदालतको वाणिज्य इजलासका न्यायाधीशहरू सुदर्शननाथ भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको इजलासले प्रसाईंमाथि प्रस्तुत प्रमाण र बहसको मूल्यांकन गर्दै २५ लाख रुपैयाँ धरौटी माग गरेको हो।
आदेशअनुसार, धरौटी बुझाएको शर्तमा उनलाई रिहा गरी बैंकिङ कसुरसम्बन्धी फौजदारी कार्यविधिअनुसार मुद्दाको प्रक्रिया अघि बढाइने भएको छ।
अदालतको आदेशमा उल्लेख गरेअनुसार दुर्गा प्रसाईंमाथि लागेको आरोप बैंकिङ कसुर ऐन, २०६४ को दफा ८ अनुसारको हो। अदालतले उनी क्यान्सरपीडित भएकाले उपचारको कुरामा पनि ख्याल गर्नुपर्ने भन्दै यस्तो आदेश दिएको हो ।
मुद्दामा उनीविरुद्ध १८ करोड ४४ लाख रुपैयाँ बराबरको कसुर मागदाबी गरएको थियो थियो । तर अदालतले मुद्दाको दफा १२(२)(ड) बमोजिम जमानतमा छुट दिने व्यवस्था रहेको भन्दै तत्काल हिरासतमा राखिरहनुपर्ने अवस्था नरहेको ठहर गरेको छ ।
अदालतले निर्णय सुनाउँदै भनेको छ, ‘फरार वा प्रमाण नष्ट गर्ने देखिएको छैन। मुद्दा अनुसन्धानकै चरणमा रहेकाले धरौटीमा रिहा गरी बाँकी प्रक्रिया अगाडि बढाउन सकिने देखिन्छ।’
अदालतले राउन्ड ट्रिपिङ र लेयरिङ जस्ता अवैध आर्थिक कारोबारका विषयमा उठाइएको आशंका अझै पुष्टि नभएको जनाएको छ । प्राप्त प्रमाण र बहस विश्लेषण गर्दा तत्काल कारागारमा राखिरहनुपर्ने अवस्था नरहेको ठहर अदालतको छ ।
प्रसाईंले बयानका क्रममा आफूले कसैको क्षति नगरेको र मुद्दा मिलाउने तयारीमा रहेको दाबी गरेका थिए।
अर्कातिर उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले यसअघि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याउँदै प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
अदालतले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरि भएको राजावादीको प्रदर्शनका मुख्य नाइकेका रुपमा रहेका प्रसाईंलाई तीन लाख धरौटीमा छाड्न भनेको हो ।
तीनकुने घटनामा प्रसाईंविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् राज्यविरुद्धको कसुरसहित विभिन्न पाँच मुद्दा दायर गरेको थियो ।


सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’