कास्कीको मादी गाउँपालिका –६ तप्राङमा तीज मेला हुने भएको छ । जुरेभूमि युवा क्लबको आयोजनामा आगामी भदौ ९ देखि ११ गतेसम्म गाउँकै महारुद्र माविको पुरानो खेल मैदानमा मेला हुने भएको हो ।
मेलाको अवसरमा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता, तीज गीत प्रतियोगिता, छेलो, रस्सी तान्ने, महिला कुर्सी खेल प्रतियोगिता हुने क्लबका अध्यक्ष गंगाधर बरालले बताए । ‘विविध आकर्षक र सहभागितामूलक कार्यक्रम समावेश गरिनेछ ।
कार्यक्रमले हाम्रो संस्कृतिको जगेर्ना, महिला सशक्तिकरण, खेलकुद प्रवद्र्धन तथा सामाजिक एकता सुदृढ गर्न सहयोग पुर्याउने विश्वास गरेका छौं,’ उनले भने ।
भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ७० हजार, द्वितीय हुनेले ४० हजार रुपैयाँसहित प्रमाणपत्र, ट्रफी, र मेडल पुरस्कार पाउनेछन् । प्रतियोगितामा सहभागी हुन ६ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । भलिबल प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद र उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट ब्लकर र उत्कृष्ट स्पाइकरलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
तीज गीत प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र पुरस्कार पाउने अध्यक्ष बरालले बताए ।
प्रतियोगितामा सहभागीले प्रस्तुत गर्ने गीत मौलिक भाका, शब्द, सन्देश र सांस्कृतिक प्रस्तुति समेटिएको हुनुपर्नेछ । महिला समूह वा एकल गायन, नृत्य, अभिनय मिश्रित प्रस्तुति गर्न सकिने उनले बताए ।
छेलो प्रतियोगिता र रस्सी तान्ने प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । महिला कुर्सी खेल प्रतियोगिताका सहभागीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
मेलामा खानाका परिकार र स्थानीय उत्पादन प्रदर्शनी स्टल, बालबालिकासँग सम्बन्धित खेलकुद गतिविधि पनि हुनेछ ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो