पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले राष्ट्रिय परिचयपत्र बनाउने सेवा प्रवाहको समय विस्तार गरेको छ। सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि सेवाग्राहीको चाप थेग्नै नसक्ने गरी बढेकाले कार्यालयले आज बिहान ८ बजेबाटै सेवा सुरु गरेकोछ।
सामाजिक सुरक्षा नियमावली, २०७६ र सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ अनुसार भत्ताग्राहीले प्रत्येक आर्थिक वर्षको साउन १ गतेदेखि भदौ मसान्तभित्र आफ्नो भत्ता परिचयपत्र नवीकरण गराइसक्नुपर्ने प्रावधान छ। यस वर्षदेखि नवीकरणका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएपछि परिचयपत्र बनाउन आउने सर्वसाधारणको संख्या ह्वात्तै बढेको प्रशासनले जनाएको छ।
सेवाग्राहीको अत्यधिक चापका कारण सहज रूपमा सेवा प्रदान गर्न कठिनाइ भएपछि समय विस्तार गरिएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। सूचनाअनुसार, साउन २२ गतेदेखि सार्वजनिक बिदाका दिनबाहेक हरेक दिन बिहान ८ बजेदेखि नै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा दिइनेछ। यो व्यवस्थाले सेवाग्राहीलाई सहज रूपमा सेवा लिन सजिलो हुने विश्वास प्रशासनको छ।
कार्यालयका अनुसार बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, अशक्त, असहाय तथा ९० वर्षमाथिका ज्येष्ठ नागरिकको हकमा तत्कालका लागि राष्ट्रिय परिचयपत्र नम्बर नभए पनि भत्ता नवीकरण हुने व्यवस्था छ। तर, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रअनुसार यी समूहका सेवाग्राही पनि परिचयपत्र बनाउन आउन थालेपछि चाप थप बढेको हो।

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो