धनगढी । कैलाली कारागार शुक्रबार राती रणभूमी बन्यो। ब्लक ए र ब्लक बी का कैदीहरुबीच झडप हुँदा एक जनाको मृत्यु भयो भने ४७ जना घाइते भएका छन्।
झडपमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षका भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भए।
झडपमा एक जनाको मृत्यु भएपछि कैलाली कारागार कैदीहरुको कब्जामा छ। शुक्रबार मध्यराति झडप भएपनि त्यसपछि कारागारभित्रको घटनास्थलमा सुरक्षा निकायका पदाधिकारी नै जान सकेका छैनन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, कैलालीका प्रहरी उपरीक्षक बालनसिह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीतसहितका सुरक्षा अधिकारीहरू कारागारको अवस्था बुझ्न गएका थिए। तर कैदीहरूले उनीहरूलाई कारागारभित्र पस्न दिएनन्।
‘हामीहरू अहिलेसम्म पनि कारागारभित्र पस्न सकेका छैनौं। उनीहरू आक्रोसित छन्। थप घटना नहोस् भनेर नै हामीले भित्र जान पनि खोजेका छैनौं’ प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले भने। जिल्ला सुरक्षा समितिको बैठकले अहिले कारागार सुरक्षाका लागि सशस्त्र प्रहरी पनि तैनाथ गरेका छन्।
घटनापछि राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि कारागारभित्रको घटनास्थलसम्म पुग्न सकेको छैन। ‘घटनाबारे बुझिरहेका छौं। कारागार प्रशासनको कार्यालयसम्म त पुग्न सकिएको छ तर कारागारभित्र भने जान सकिएको छैन।’ राष्ट्रिय मानवअधिकार आयोगका एक अधिकृतले भने।
मृतक चौधरीको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। घाइते ४९ जनालाई सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ। सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले घाइतेहरूमध्ये अधिकांशका हात खुट्टा भाँचिएका छन्। उनले झडपमा फलामका रडहरूको बढी प्रयोग भएको बताए।
कैलाली कारागारको क्षमता १५० जना हो तर त्यहाँ ७ सय जना कैदीबन्दीहरू राखिएको जेल प्रशासनले जनाएको छ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा