ढोरपाटन । छ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थाल्नुभएको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ ।
रोयल रेड र इटालिएन फुजी उनको बगानका आकर्षण बनेका छन् । प्रारम्भमा १०० बिरुवा रोपेका उनले ८० वटा मात्र जोगाउन सफल भएको सुनाए । जातका स्याउको बिरुवा लिएर लगाएका रोकाको हाल १४० बोट छन् जसले फल दिएका छन् । उनको बगान चार रोपनीमा फैलिएको छ । उनी छ रोपनीमा खेती विस्तार गर्ने योजनामा छन् । अध्यक्ष रोकाले भने, “अब १० रोपनीमा खेती गर्ने सोचमा छु । ”
स्याउखेतीका निम्ति उनले रु एक लाख ५० हजार लगानी गरेको बताए । विभिन्न निकायले अनुदानमा बिरुवा दिँदा खासै खर्च परेको छैन । यस वर्ष करिब चार क्विन्टल स्याउ उत्पादन भएको अध्यक्ष रोकाले बताए ।
कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल सिँचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने स्थानमा स्याउखेती उपयुक्त हुने बताउँछन् । ढोरपाटन र निसेल ढोरमा व्यावसायिक रुपमा स्याउखेती हुँदै आएको छ । जिल्लाभर ५६ दशमलव ९२ हेक्टर क्षेत्रमा स्याउखेत हुने गरेको जानारी दिँदै उनले बर्सेनि ३३१ दशमलव दुई मेट्रिक टन स्याउ उत्पादन बताए ।
सम्बन्धित खबर
फेदीखोलाको प्रोत्साहन: बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रतिरोपनी तीन हजार रुपैयाँ अनुदान
सुन्तलाबाट आत्मनिर्भर बनेका अर्जुनचौपारीका फणिनारायण अर्याल
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
पोखराको कृष्तिमा पुस १० मा सुन्तला महोत्सवको तयारी
फेदीखोलामा पाँचौ कृषि मेला सम्पन्न, ८५ कृषक पुरस्कृत
स्याङ्जामा उन्नत नश्लका पाडी–बाच्छी पालनमा प्रोत्साहन: कृषकलाई ५० हजारसम्म सहयोग
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो