पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा २३५ वर्षपछि करारमा पुजारी नियुक्ति गरिएको छ । दशनार्थीले पूजाका क्रममा मन्दिरमा चढाएको भेटी र दानका सम्बन्धमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति र पुजारीबीच केही वर्षदेखिको विवाद समाधान गर्दै करारमा पुजारी राखिएको हो ।
मन्दिरमा दर्शनार्थीले चढाउने सबै दक्षिणा पुजारीले लिने गरेकामा करारमा नियुक्ति भएकाहरूलाई भने तलब दिइने र चढाइएका दान दक्षिणा र उपहार समितिमा आउने भएको छ . समितिका सचिव तीर्थ श्रेष्ठका अनुसार मन्दिर निर्माणबारे यकिन तथ्य फेला नपरे पनि विभिन्न प्रमाणसमेतका आधारमा विसं १८४० तिर यसको निर्माण भएको हुनसक्ने अनुमान गरिएको छ ।
प्राप्त प्रमाणका आधारमा मन्दिरको पहिलो पुजारी भगिरथ पाध्या पौडेल हुन् । विसं १९४१ म पाल्पाका चिन्तामणि बाणा मन्दिरमा पूजा गर्न आएपछि पौडेलका सन्तति महिधर पाध्या पौडेलले पुजारीमा आफूहरूको हक दाबी हुनुपर्ने मागसहित मुद्दा हालेपछि कास्कीका तत्कालीन राजाले पौडेल सन्ततिलाई नै पूजाआजाको जिम्मा दिएको पाइन्छ । समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठका अनुसार यस वर्षदेखि परम्परागतरुपमा पूजा गर्दै आएका पुजारीलाई विस्थापन गर्दै करारमा पुजारी नियुक्ति गरिएको हो ।
उहाँका अनुसार विसं २०७२ कात्तिक २ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भेटीघाटी व्यवस्थापनसम्बन्धी निर्दे्शिका जारी भएपछि समिति त्यसअनुरुपअघि बढेसँगै पुजारी परिवारका तर्फबाट सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सो मुद्दामा सर्वोच्चले अन्तरिम आदेश जारी गनुपर्ने नदेखिएको भनेपछि पुजारी समितिसँग वार्तामा आएका थिए ।
वार्तामा दुवै पक्षबीच करार सेवामा जाने लगायतका आठ बुँदे सहमति भएको र त्यहीअनुरुप यस वर्षदेखि करार सेवामा पुजारी राखिएको समितिले जनाएको छ । मन्दिरमा यसअघि पाँच पुजारीले नियमित पूजाआजा गर्दै आएकामा हाल करारमा नियुक्त दुई जनाले उक्त कार्यलाई निरन्तरता दिएका छन् भने अन्य तीन बिदा भएका छन् ।
पारिवारिकरुपमा २३५ वर्षसम्म नियमित पूजाआजा गर्दै आएको योगदान समेतलाई दृष्टिगत गरी तीन जनालाई जनही रु नौ-नौ लाखसहित समितिले बिदा दिइएको हो । बिदा हुने पुजारीमा माधवप्रसाद पौडेल, कृष्णप्रसाद शर्मा र सुशील पौडेल हुन् । समितिले मूल पुजारी रुद्रनाथ पौडेललाई रु ३५ हजार र अर्का पुजारी श्रीराम पौडेललाई रु ३० हजार पारिश्रमिक तोकेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए