पोखरा । पर्यटन राजधानी पोखरामा चल्ने सार्वजनिक सवारी साधनले धुँवाको मुस्लो फाल्ने गरेको गुनासो बढेपछि प्रदूषण जाँच गरिँदै आएको छ । यातायात व्यवस्था कार्यालय सवारी कास्कीले ७० सार्वजनिक बसको प्रदूषण जाँच गरेकोमा ४० बस मापदण्डविपरीत भेटिएका छन् ।
डिजेलबाट चल्ने ७० गाडीको प्रदूषण जाँच गर्दा ४० वटाले मापदण्ड पूरा गर्न असफल भएको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख ढाकाप्रसाद शर्माले जानकारी दिए । गाडीको प्रदूषण ‘ओपासिटी’मा नापिन्छ । ओपासिटी १०० मा नेपालमा ६५ प्रतिशतसम्म आउँदा वातावरण अनुकूल मान्ने गरिएको छ ।
हरेक ६ महिनामा सवारी चाँचपास गर्दा प्रदूषण चेकजाँच अनिवार्य गर्नुपर्ने अवस्था भए पनि यातायात व्यवस्था कार्यालय कास्कीमा ठाउँको अभावका चेकजाँच गर्न समस्या हुने गरेको छ । मापदण्डभन्दा बढी प्रदूषण देखिएका सवारी साधनलाई मर्मतसंहार गरी चलाउन निर्देशन दिइएको छ । मर्मतपछि फेरि जाँच गरी मापदण्ड अनुरुप पाइएमात्र नियमित सञ्चालन गर्न दिइने कार्यालय प्रमुख शर्माले बताए ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीसमेत प्रदूषण चेकजाँच निरीक्षण गर्न पुगेका थिए । यातायात मन्त्रालयले सार्वजनिक सवारीको प्रदूषण जाँचलाई निरन्तरता दिन निर्देशन दिएको छ ।
सम्बन्धित खबर
पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन