पोखरामा ७० गाडीको प्रदूषण जाँच्दा ४० फेल

प्रदूषण

पोखरामा ७० गाडीको प्रदूषण जाँच्दा ४० फेल

pollution-gadi

पोखरा । पर्यटन राजधानी पोखरामा चल्ने सार्वजनिक सवारी साधनले धुँवाको मुस्लो फाल्ने गरेको गुनासो बढेपछि प्रदूषण जाँच गरिँदै आएको छ । यातायात व्यवस्था कार्यालय सवारी कास्कीले ७० सार्वजनिक बसको प्रदूषण जाँच गरेकोमा ४० बस मापदण्डविपरीत भेटिएका छन् ।

डिजेलबाट चल्ने ७० गाडीको प्रदूषण जाँच गर्दा ४० वटाले मापदण्ड पूरा गर्न असफल भएको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख ढाकाप्रसाद शर्माले जानकारी दिए । गाडीको प्रदूषण ‘ओपासिटी’मा नापिन्छ । ओपासिटी १०० मा नेपालमा ६५ प्रतिशतसम्म आउँदा वातावरण अनुकूल मान्ने गरिएको छ ।

हरेक ६ महिनामा सवारी चाँचपास गर्दा प्रदूषण चेकजाँच अनिवार्य गर्नुपर्ने अवस्था भए पनि यातायात व्यवस्था कार्यालय कास्कीमा ठाउँको अभावका चेकजाँच गर्न समस्या हुने गरेको छ । मापदण्डभन्दा बढी प्रदूषण देखिएका सवारी साधनलाई मर्मतसंहार गरी चलाउन निर्देशन दिइएको छ । मर्मतपछि फेरि जाँच गरी मापदण्ड अनुरुप पाइएमात्र नियमित सञ्चालन गर्न दिइने कार्यालय प्रमुख शर्माले बताए ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीसमेत प्रदूषण चेकजाँच निरीक्षण गर्न पुगेका थिए । यातायात मन्त्रालयले सार्वजनिक सवारीको प्रदूषण जाँचलाई निरन्तरता दिन निर्देशन दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds