सूर्यदर्शन सहकारी ठगी प्रकरणः कास्की अदालतमा हाजिर भए जिबी राईका जेठान

सहकारी

सूर्यदर्शन सहकारी ठगी प्रकरणः कास्की अदालतमा हाजिर भए जिबी राईका जेठान

सहकारी पीडितलाई भने जानकारी दिइएन

Kaski-Court adalat

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीका अभियुक्त संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन जिल्ला अदालत कास्कीमा उपस्थित भएका छन्।

उनी सूर्यदर्शन सहकारी ठगीको मुख्य योजनाकार एवं ग्यालेक्सी टेलिभिजनका सञ्चालक कम्पनी गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईका जेठान हुन्।

फरार रहेका बमजन आइतबार जिल्ला अदालतमा उपस्थित भएर आफ्नो तर्फबाट बयान दिएका छन्। अदालतका न्यायाधीश शंकरकुमार राईको इजलासमा बमजन उपस्थित भएर बयान दिएका हुन्।

बमजनले नै राईलाई उक्त सहकारीमा लगेर अध्यक्ष बनाएका थिए। बमजनको कम्पनी एवं सहकारीमा काम गर्न थालेपछि जिबी राईले उनकी बहिनी भगवती बमजनसँग दोस्रो विवाह गरेका थिए।

अदातलमा उपस्थित भएर बमजनले सहकारी ठगीमा आफू संलग्न नभएको इन्कारी बयान दिएका छन्। जिल्ला अदालत कास्कीका स्रेष्तेदार राजन खनालका अनुसार बयान सकिएकाले आइतबार नै आदेश आउन सक्ने बताए।

जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको अभियोगपत्रमा बमजन सहकारीको अध्यक्ष हुँदा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको अभियोग लागेको छ। सहकारीबाट अपचन भएको कुल रकम १ अर्ब ५१ करोड रुपैयाको संयुक्त अभियोग पनि बमजनमाथि लागेको छ।

अदालतमा सहकारी पीडितका तर्फबाट अधिवक्ताहरू युवराज पराजुली, बिबि विष्ट र दीपक शर्मा पौडेलले बहस गरेका थिए भने बमजनका तर्फबाट कानुन व्यवसायी द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गरेका थिए।

सहकारी पीडितलाई भने जानकारी दिइएन

फरार प्रतिवादी बमजन अदालतमा उपस्थित भएर बयान दिँदा जाहेरवालालाई खबर नगरको भन्दै सहकारी पीडितले असन्तुष्टि जनाएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ