पोखरा वडा नं. १३ आर्वामा नगर बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
सोमबार आर्वा मणिदीपबाट काहुँखोला झर्ने क्रममा ग १ख ४०२७ नम्बरको बस दुर्घटना भएको हो । बसको ब्रेक फ्रेल भएपछि चालकले नियन्त्रण गुमाउँदा सडक छेउको नालीमा पुगेर भित्तामा ठोक्किन पुगेको हो।
गाडी चालक ४२ वर्षीय तेजबहादुर मगर प्रहरीको नियन्त्रणमा रहेका छन् ।
बसमा सवार बिना बरालले भनिन्ः ‘बस डिलमा गएको भए भिर थियो, बाँचिने थिएन। कुनामा ठोक्किएर बाँचियो। भगवानले आज बचाउनुभयो।’
दुर्घटनामा घाइते सबैको उद्धार गरी अस्पताल लगिएकोमा आधा बढी डिस्चार्ज भइसकेका छन् । ४ जनाकाे अवस्था मध्यम रहेकाे कास्की प्रहरीले जनाएको छ ।
वडाध्यक्ष किरण बरालका अनुसार दुर्घटना हुने बित्तिकै उद्धार हुँदा ठूलो क्षति हुन पाएन । बरालले निजी गाडी र दुई वटा एम्बुलेन्स परिचालन गरेर उद्धार गरेका थिए ।

पूर्व मुख्यमन्त्री अधिकारीले अस्पताल पुगेर घाइतेहरू भेटे
गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले अस्पताल पुगेर घाइतेहरू भेटेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेर अधिकारीले घाइतेहरुको स्वास्थ्यअवस्था बुझेका हुन् ।
घाइतेसँग भेटपछि उनले फेसबुकमा लेखेका छन्ः ‘पोखरा १३ आर्वा मणिदीप देखि काहुँखोला झर्ने गाडी दुर्घटना भई घाइते हुनुभएका बिरामीहरुलाई अस्पताल पुगी भेटेर आएको छु । सम्पूर्ण घाइते बिरामीहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । अस्पताल प्रशासनसँग निरन्तर संवादमा रहेको छु । केही डिस्चार्ज भइसक्नुभएको छ भने केही हुँदै हुनुहुन्छ । अवस्था साधारण नै रहेको सबैलाई जानकारी गराउँदछु ।’

सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो