काठमाडौं । एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जबर्जस्ती करणीको मुद्धामा उच्च अदालत पाटनले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
बझाङ निवासी रश्मिलाकुमारी धामीको मुद्धामा सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले महरलाई पक्राउ गर्न पुर्जीसहितको आदेश दिएको हो ।
उनको पक्षमा अधिवक्ता सुरेन्द्र भण्डारी, इन्द्र अर्याल र अञ्जना अर्यालले बहस गरेका थिए । महरले आफूमाथि पटकपटक यौन शोषण गरेको ती महिलाको आरोप छ ।
यसअघि जबरजस्ती करणीको जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न नमानेपछि उनी सरकारी वकिल कार्यालयमा पुगेकी थिइन् । तर जिल्ला सरकारी वकिल कार्यालयले जाहेरी तामेलीमा राख्ने निर्णय गरेपछि धामी महरलाई पक्राउ गरी अनुसन्धान माग गर्दै उच्च अदालत पाटन पुगेकी थिइन् ।
महर अनेरास्ववियुको विद्यार्थी राजनीति हुँदै केन्द्रीय सदस्य बनेका हुन् । स्थायी घर बझाङ भएका महर गएको निर्वाचनमा संघीय सांसदका उमेदवारसमेत बनेका थिए । तर, उनी नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता भानुभक्त जोशीसित पराजित भएका थिए ।
सम्बन्धित खबर
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण