बालिकासँग ठक्करपछि कोशीका मन्त्री सवार गाडी नरोकी हुँइकिएपछि सर्वत्र विरोध [भिडिओ]

दुर्घटना

बालिकासँग ठक्करपछि कोशीका मन्त्री सवार गाडी नरोकी हुँइकिएपछि सर्वत्र विरोध [भिडिओ]

बालिका जेब्रा क्रसिङबाट सडक पार नगरी केही अगाडि बढेर हेर्दै नहेरी दौडिएर बाटो काट्नै लाग्दा गाडीले ठक्कर दिएको थियो

gaadi mantri

ललितपुरमा शनिबार बिहान कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकेको पाइएको छ।

बिहान सवा ७ बजे ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मूल सडकमा मन्त्री मगर चढेको को १ झ ६९९ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको थियो।

मन्त्री सवार गाडीले बालिकालाई ठक्कर दिएको सिसिटिभी फुटेज बाहिरिएको छ।

उक्त भिडिओ फुटेजमा बालिका जेब्रा क्रसिङबाट सडक पार नगरी केही अगाडि बढेर हेर्दै नहेरी दौडिएर बाटो काट्नै लाग्दा गाडीले ठक्कर दिएको थियो।

ठक्करबाट बालिका गाडीको छेवैमा पछारिएकी थिइन्। दुर्घटना हुनुमा मुख्य जिम्मेवार गाडी चालक नदेखिएपनि त्यसपछि जुन हर्कत देखाइयो, गाडीमा सवार रहनेहरूबाट अक्षम्य अपराध भएको छ । मन्त्री स्वयं सवार रहँदा पनि दुर्घटना भएपछि सामान्य मानवियता पनि नदेखाएको भन्दै सर्वत्र विरोध भएको छ ।

बालिका सडकमै लडे पनि सो गाडी भने रोक्दै नरोकी त्यहाँबाट अगाडि बढेको भिडिओ फुटेजमा देखिन्छ। ‍गाडीको पछाडि आइरहेका मोटरसाइकलमा सवार एक महिलाले बालिकालाई सडकबाट उठाएको दृश्य भिडिओमा देखिएको छ।

ठक्कर दिने गाडीमा मन्त्री मगर सवार रहेको पुष्टि ललितपुर प्रहरीले गरिसकेको छ।

घाइते बालिका ११ वर्षीया बालिका उषा मगर सुनुवार हुन् । उनको बिएन्डबी अस्पतालमा उपचार जारी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ