मन्त्री नभन्‍नू, रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नुहोला: महावीर पुन

मन्त्री नभन्‍नू, रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नुहोला: महावीर पुन

'कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नुहोला र बधाई दिन खादा–माला लिएर नआउनुहोला'

mahabir-pun

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएका महावीर पुनले आफूलाई ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न आग्रह गरेका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत पहिलो घोषणा गर्दै उनले आफूलाई मन्त्री नभन्न आग्रह गरेका हुन्।

उनले आफूलाई मन्त्री भएकोमा बधाई भनेर फोन नगर्न र खादा माला लिएर नआउन आग्रह गरे। उनले शिक्षा विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने ठोस काम भए ह्वाटसपमा पठाउन आग्रह गरे।

‘मेरो पहिलो घोषणा – कसैले पनि “लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आईडिया छ भने मेरो ह्वाटसपमा पठाउनु होला । मलाई कसैले पनि मन्त्री नभन्नु होला । कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री भन्नु होला’ उनले लेखेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ