साफ यू-१७ च्याम्पियनसिप : आज नेपाल र भारत भिड्दै

साफ यू-१७ च्याम्पियनसिप : आज नेपाल र भारत भिड्दै

football-team-nepal-17-1200×540

काठमाडौँ । नेपालले जारी साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज भारतको सामना गर्दैछ । कोलोम्बोस्थित कोलोम्बो रेसकोर्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुदैछ ।

त्यस्तै आजै पहिलो सेमिफाइनलमा बंगलादेश र पाकिस्तान खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउसो सवा ३ बजेदेखि शुरु हुदैछ । प्रतियोगिताको फाइनल खेल शनिबार हुने छ ।

नेपाल समुह ए मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो । नेपालले समुह चरणमा खेलेका २ खेलमा एक खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने अर्को खेलमा बंगलादेशसँग ४-० ले हार बेहोरेको थियो ।

त्यस्तै भारत भने समुह बी मा अपराजित हुदै समुह विजेता बनेर सेमिफाइनलमा पुगेको हो । भारतले पहिलो खेलमा माल्दिभ्सलाई ६-० ले पराजित गरेको थियो भने भुटानलाई १-० ले र पाकिस्तानलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

साफ यू–१७ च्याम्पियनसिप खेल्ने नेपाली टिममा गोलकिपर पेम्बा नोर्बु भोटे, राम बोहर र विशेष बानिया रहेका छन् भने डिफेन्डरमा प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का रहेका छन् । त्यस्तै मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिश थापा मगर, भूपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान रहेका छन् भने फरवार्डमा समीर कुमार, डिआईजी विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ