पोखरामा भ्यानले स्कूटरलाई ठक्कर दिँदा सासुको मृत्यु, बुहारी घाइते

दुर्घटना

पोखरामा भ्यानले स्कूटरलाई ठक्कर दिँदा सासुको मृत्यु, बुहारी घाइते

acc

पोखरा । पोखरामा आज विहीबार दिउँसो भ्यानले स्कूटरलाई ठक्कर दिँदा एक वृद्धाको निधन भएको छ । एक उनकी बुहारी घाइते भएकी छन् ।

पोखरा बिन्ध्यवासिनी मन्दिर चोकमा ग१६प २६३ नम्बरको स्कुटरलाई ग२च ३३२३ नम्बरको भ्यानले ठक्कर दिंदा स्कूटरमा सवार पोखरा १५ नयाँगाउँ निवासी ६३ वर्षीया दुर्गादेवी बास्तोलाको घटनास्थलमै निधन भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

स्कूटर चालक ४३ वर्षीया गोमादेबी बास्तोला घाइते भएकी छन् । उनको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न भ्यानका चालकलाई भ्या समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ