केशव पाठकलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

सम्मान र पुरस्कार

केशव पाठकलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

सहारा उत्कृष्ट सदस्य सम्मानबाट नेहा गुरुङलाई सम्मान

kp honored

पाेखरा। खेल पत्रकारिताका अग्रणी नाम केशव पाठक सम्मानित भएका छन् । सहारा क्लब पोखराद्वारा स्थापित सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार पाठक सम्मानित भएका हुन्।

सहारा क्लब पाेखराकाे २७ ओैं साधारण सभा तथा १४ ओै अधिवेशन अवसरमा शुक्रबार आयाेजित समाराेहमा उनलाई नगद २५ हजार ५५५ रुपैयाँ र सम्मानपत्र द्वारा सम्मान गरिएको हाे ।

प्रमुख अतिथि हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसीले उनलाई साे पुरस्कार हस्तान्तरण गरे ।

क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले पाठकलाई साे पुरस्कार दिने निर्णय गरेकाे थियाे । यसरी सम्मानित हुने पाठक १९ ओैँ पत्रकार हुन् ।

फुटबल मार्फत सामाजिक सेवामा क्रियाशील क्लबले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नेमध्ये एक जना पत्रकारलाई योगदान आधारमा बर्सेनी पुरस्कार प्रदान गर्दै आएको छ।

पर्वतका पाठक तीन दशकदेखि पोखराको खेलकुद पत्रकारितामा क्रियाशील छन्। उनी प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान बोर्ड सदस्य, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष, गण्डकी प्रदेश ह्यान्डबल संघका अध्यक्ष हुन्।

क्लबले सहारा उत्कृष्ट सदस्य सम्मानबाट नेहा गुरुङलाई सम्मान गरेकाे छ । पोखरा–१५ निवासी गुरुङ जुनियर सदस्यका रुपमा १० वर्षअघि क्लबमा प्रवेश गरेकी थिइन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ