काठमाडौँ । भदौ २३ को जेनजी आन्दोलनपछि भदौ २४ गते भएको आगजनी र तोडफोडमा सिंहदरबारलगायत नेपालका महत्त्वपूर्ण सम्पदा जल्नबाट रोक्न नेपाली सेनाले नसकेको भनी आलोचना भइरहेका बेला प्रधानसेनापति अशोकराज सिग्देलले रक्तपात हुन नदिन र विदेशी शक्तिको खेलमैदान बन्नसक्ने सम्भावनालाई रोक्न सेनालाई बाहिर ननिकालेको दाबी गरेका छन्।
पृतनापतिहरूको बिहीबार सम्पन्न बैठकमा प्रधानसेनापति सिग्देलले सिंहदरबारलगायत देशका महत्त्वपूर्ण सम्पदाहरू जल्नबाट रोक्न नसकेको भनी आलोचना भइरहे पनि थप नेपाली युवा नमारिऊन् र देश विदेशी शक्तिको खेलमैदान नबनोस् भनी सेनालाई बाहिर ननिकालिएको बताएका बुझिन्छ ।
प्रधान सेनापति सिग्देलले नेपाली सेना सधैँ नेपाली जनता र नेपालको सार्वभौमसत्ताका लागि उभिने बताउँदै जेनजी आन्दोलनमा भदौ २४ गते थप युवा नमारिऊन् भन्नेमा सचेत रहेको बैठकमा बताएका थिए। परिस्थिति बिग्रेपछि भदौ २४ गते बेलुका सेनाले सुरक्षा नियन्त्रण आफ्नो हातमा लिँदै कर्फ्यू आदेश दिएपछि परिस्थिति बिस्तारै नियन्त्रणमा आएको थियो। ‘ नेपाली युवाको रक्तपात रोक्न र विदेशी शक्तिको खेलमैदान बन्नसक्ने अवस्था’ आउन नदिन सेना ननिकाल्ने निर्णय गरेको प्रधानसेनापति सिग्देलले बताएका छन्।
प्रधानसेनापति सिग्देलले बिहीबार पृतनापतिहरूको बैठक गरेका थिए भने यसअघि नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरूको बैठक बोलाएर भदौ २३ र २४ गतेको परिस्थितिको ब्रिफिङ गरेका थिए।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’