काठमाडौं : नेपालले एक खेल अगावै वेस्टइन्डिजविरुद्धको शृंखला कब्जा गरेको छ।
युनिटी कपअन्तर्गत युएईको शारजाहमा भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै शृंखला कब्जा गरेको हो। यसअघि पहिलो खेल नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको थियो।
१७४ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले १७.१ ओभरमा ८३ रन बनाएर अलआउट भयो। वेस्टइन्डिजका लागि ज्यासन होल्डरले सर्वाधिक २१ रन बनाए। त्यस्तै अकिम अगस्टीले १७ र अमिर जांगुले १६ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
नेपालका लागि आदिल आलमले सर्वाधिक ४ विकेट लिए। त्यस्तै कुशल भुर्तेलले ३, दीपेन्द्र सिंह ऐरी, करण केसी र ललित राजबंशीले १-१ विकेट लिए।
त्यसअघि आसिफ शेख र सन्दीप जोराको अर्धसतकमा नेपालले ६ विकेटको क्षतिमा १७३ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ६८ रन बनाए। उनले ४७ बलमा ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै सन्दीप जोराले ६३ रन बनाए। ३९ बलमा उनले ३ चौका र ५ छक्का प्रहार गरे।
त्यस्तै आदिल आलम ५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै अन्तिम बलमा एलबी डब्लु आउट भए। त्यसअघि कुशल भुर्तेल २ रन, कप्तान रोहित पौडेल ३ रन, कुशल मल्ल ७ रन र गुल्शन झा ६ रनमा आउट भएका थिए।
वेस्टइन्डिजका लागि अकिल हुसेन र किले मेयर्सले २-२ विकेट र जेडिह ब्लाड्स १ विकेट लिए।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’