ऐरीको उत्कृष्ट प्रदर्शनमा यूएईमाथि नेपालको १ रनको नाटकीय जित

उत्कृष्ट प्रदर्शन

ऐरीको उत्कृष्ट प्रदर्शनमा यूएईमाथि नेपालको १ रनको नाटकीय जित

यूएईलाई ३ बलमा ३ रन चाहिँदा ऐरीले चौथो, पाँचौ र छैटौं बलमा लगातार विकेट लिए

NP CRICKET

काठमाडौं । दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ ।

नेपाललाई १ रनको जित दिलाउन ऐरीले तीन महत्वपूर्ण विकेट लिए भने फिल्डिङ पनि उत्कृष्ट नै गरे ।

ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको हो । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएई २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा यूएईलाई जितका लागि १० रन चाहिएको थियो । ओभरमा एउटा छक्का निकाल्न सफल भएता पनि यूएई लक्ष्यसम्म पुग्न सकेन । पहिलो बलमा एक रन दिएका दिपेन्द्रले दोस्रो बल डट राखे । तेस्रो बलमा छक्का प्रहार गर्दै युएई जितनजिक देखियो । अब युएईलाई जितका लागि ३ बलमा ३ रनमात्र आवश्यक थियो । चौथो, पाँचौ र छैटौं बलमा लगातार विकेट लिदै नेपालले एक रनको रोमाञ्चक जित निकालेको हो ।

चौंथो बलमा दीपेन्द्रले क्याचआउट गराए भने पाचौं र छैटौं बलमा ब्याटरहरु रनआउट भए ।

युएईका लागि अलिशान सराफुले अर्धशतक प्रहार गरेपनी जित निकाल्न सकेनन् । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए । ४७ बलमा ४ चौका र एक छक्का प्रहार गरे।

कुशल भुर्तेल २८, कप्तान रोहित पौडेल २०, कुशल मल्ल १०, दीपेन्द्रसिंह ऐरी १ र गुल्सन झा १४ रन बनाएर आउट भए । सन्दीप जोरा ४ र सोमपाल कामी ६ रनमा अविजित रहे । बलिङमा युएईका जुनैद सिद्दिकी, मोहम्मद रोहिद, जहिद अली, हर्षित कौशिक, हैदर अली र ध्रुव पराशरले एकएक विकेट लिए । यो जितसंगै नेपालले सुपर सिक्समा ४ अंक जोडेको छ ।

खेलमा दीपेन्द्रसिंह ऐरी प्लेयर अफ द म्याच बनेका छन् ।

नेपाललाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका दीपेन्द्र प्लेयर अफ द म्याच बनेका हुन् । आइतबार भएको खेलमा नेपालले युएईमाथि एक रनको रोमाञ्चक जित निकालेको थियो । उक्त खेलमा बलिङमा दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरे।

४ ओभर बलिङ गरेका दीपेन्द्रले २२ रन खर्चेर ३ विकेट लिए । अन्तिम ओभरमा दीपेन्द्रले शानदार बलिङ गरे। युएईलाई जित निकाल्न ३ बलमा ३ रनको आवश्यक थियो । तिनै बलमा दीपेन्द्रले लगातार विकेट लिँदै नेपाललाई जित दिलाए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ