चापाकोटको पर्यटन सपना अधुरै: छ करोडको टावर ओझेलमा, पर्यटन शून्य

चापाकोटको पर्यटन सपना अधुरै: छ करोडको टावर ओझेलमा, पर्यटन शून्य

pic-chapakot-tower

स्याङ्जाको चापाकोट नगरपालिका –१०, बायोडाँडामा छ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको भ्यु टावर अहिले सुनसान बनेको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको यो टावर प्रचारप्रसारको अभाव र पहुँच मार्गको कठिनाइका कारण आन्तरिक तथा बाह्य पर्यटक पुग्न नसकेका हुन् ।

विसं २०७३ मा सुरु गरेर २०७८ मा सम्पन्न गरिएको ४५ फिट अग्लो भ्यु टावर अहिले बेवास्तामा परेको छ । टावरबाट देखिने दृश्य आसपासकै जस्तो भएकाले पर्यटकलाई विशेष आकर्षण नलाग्ने गरेको स्थानीय विनोद भण्डारीले बताए । उनका अनुसार, टावरसम्म पुग्ने बाटो झाडीले ढाकिएको छ र सडक पनि सहज छैन, जसले गर्दा धेरैले त्यहाँ जान चाहँदैनन् ।

नगरपालिकाले टावर वरिपरि तारबार लगाएर व्यवस्थापन गरे पनि आकर्षक थप संरचना नहुँदा क्षेत्र सुनसान बनेको छ ।

चापाकोट नगरपालिका प्रमुख देवबहादुर खाँणका अनुसार, भ्यु टावरको पुनर्जीवनका लागि अहिले नगरपालिकाले पहल थालेको छ । “पर्यटक क्लब, आमा समूह र समाजसेवीलाई परिचालन गरेर प्रचारप्रसार तथा सचेतना अभियान सुरु गरिएको छ,” प्रमुख खाँणले भने ।

स्थानीयवासीहरूका अनुसार, संरचना मात्रै होइन, त्यसको दीर्घकालीन व्यवस्थापन र प्रयोगमा ध्यान दिन सके चापाकोटको पर्यटन पुनः चम्किन सक्छ । उनीहरूको भनाइमा, भ्यु टावर अझै पनि आकर्षणको केन्द्र बन्न सक्छ, यदि सही प्रचार, पहुँच र कार्यक्रममार्फत पुनः सक्रिय पारियो भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ