रुकुम पश्चिममा जिप दुर्घटना : सात जनाको मृत्यु, १० जना घाइते

दुर्घटना

रुकुम पश्चिममा जिप दुर्घटना : सात जनाको मृत्यु, १० जना घाइते

jeep acc.

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको पश्चिम बाँफीकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।

शुक्रबार साँझ जिल्ला सदरमुकाम खलंगाबाट आठबिसकोट नगरपालिका–२, स्यालाखदी जाँदै गर्दा रा१ज ४२२ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।

उनका अनुसार, ज्यान गुमाउनेमा आठबिसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बूढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली छन् । एक जनाको पहिचान खुलेको छैन ।

घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सल्ले ल्याइएको छ । जिप सडकदेखि ७०० मिटर तल खसेको छ । रासस

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ