पोखरा, असोज २६ । पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर अवदेखि हटेको छ । चौतर्फी विरोध र अदालतको अंकुश पछि महानगर नयाँ कर प्रणालीमा जान बाध्य भएको हो । विहिबारको कार्यपालिका बैठकबाट नयाँ कार्यविधि पारित भएसँगै एकीकृत सम्पत्ति कर खारेजी भएको हो । अवदेखि महानगरले सम्पत्ति कर र भूमीकर शीर्षकमा कर संकलन गर्नेछ ।
अनाधिकृत रुपमा महानगरले कर असुल गरेको भन्दै उच्च अदालत पोखरामा मुद्धा परेको थियो । मुद्धाको सुनुवाई गर्दै अदालतले एकीकृत सम्पत्ति कर नअसुल्न आदेश जारी गरेपछि महानगरले नयाँ बाटोबाट कर संकलन गर्न लागेको हो । पहिलेकै एकीकृत सम्पत्ति करका केही बुँदाहरु मिलाएर नयाँ कार्यविधि तयार गरिएको पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । उनका अनुसार अब घर र घरले चर्चेको जग्गाको सम्पत्ति कर र त्यसबाहेकका जमिनमा भूमीकर लगाईनेछ ।
‘मालपोतले गरेको मूल्यांकनकै आधारमा कर संकलन हुने उनी बताउँछन् । मालपोतले सबै जग्गाको मूल्यांकन गरेको छ । त्यसैलाई आधार बनाएर करको दर निर्धारण हुन्छ, उनले भने ।’ कार्यपालिकाबाट कार्यविधि पारित भैसकेको र केही दिनमा राजपत्रमा निकालेपछि कार्यान्वयनमा लैजाने पौडेल बताउँछन् । असोज १७ गते देखि महानगरमा एकीकृत सम्पत्ति कर खारेजीमा परेको हो । यसअघि कर तिरिसकेका करदाताको चाहीँ आगामी बर्ष समायोजन गर्ने महानगरले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह