साबित्राको गोलमा नेपालले भारतलाई उसकै मैदानमा हरायो

खेलकुद

साबित्राको गोलमा नेपालले भारतलाई उसकै मैदानमा हरायो

571158900_1132911242334693_6025087570264333369_n

इरान, भारत र नेपाल सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आयोजक भारतलाई घरेलु मैदानमा हराएको छ।

सिलोङको जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले भारतलाई २-१ ले हराएको हो।

कप्तान साबित्रा भण्डारीको दुई गोलमा नेपालले भारतलाई उसकै घरमा हराएको छ।

खेलको दोस्रो मिनेटमा नेपालकी स्ट्राइकर साबित्रा भण्डारीले दुईजना डिफेन्डर र गोलकिपरलाई बिट गर्दै पहिलो गोल गरिन्।

खेलको बाइसौँ मिनेटमा नेपालकी प्रीति राईले डिबक्स भित्र राम्रो अवसरलाई सदुपयोग गर्न सकिनन्। उनले हानेको प्रहार दोस्रो बार हुँदै बाहिरियो।

३२औँ मिनेटमा भारतले राम्रो अवसर पाएको थियो। भारतकी जर्सी नम्बर ११ कि दाङमेइ ग्रेसले सम्पूर्ण डिफेन्डरहरूलाई बिट गर्दै दायाँ तर्फबाट बढाएको बललाई उनले फिनिस नगर्दै क्रस गर्दा भारतले राम्रो अवसर गुमायो।

खेलको ४३ औँ मिनेटमा नेपालले दिपा शाहीको पासमा कप्तान भण्डारीलाई दिएको बल भारतकी गोलकिपरले उत्कृष्ट बचाउ गरिन्।

पहिलो हाफमा १ गोलले‌ अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल गर्दै १ गोल बेहोर्‍यो।

खेलको दोस्रो हाफमा नेपालका लागि कप्तान साबित्रा भण्डारीले ६३ औँ मिनेटमा गोल गर्दै नेपाललाई २–० को अग्रता मा लिएर आइन्। ६२ औँ मिनेटमा प्रीति राईलाई गोल अगाडि बढाउने क्रममा भारतीय खेलाडीले फाउन्ड गर्दा नेपालले डिबक्स अगाडि फ्री किक जितेको थियो। उक्त फ्री किक खेलको ६३ औँ मिनेटमा नेपालकी कप्तान साबित्रा भण्डारीले फ्री किक मार्फत उत्कृष्ट फिनिस सहित गोल गरिन्।

भारतले खेलको ८१ औँ मिनेटमा गोल फर्कायो लामो समयको नेपालको चुनौती पश्चात् भारतले गोल फर्काएको हो। भारतका लागि जर्सी नम्बर ९ कि करिश्मा पुरुषोत्तमले नेपालकी गोलकिपर अन्जना राना मगरलाई बिट गर्दै गोल गरेकी हुन्।

८३ औँ मिनेटमा साबित्रा भण्डारीको पासमा प्रीति राईले हानेको बल पहिलो बार हुँदै बाहिरियो।

मीना देउवाको राष्ट्रिय टिममा डेब्यु

यु-२० फरवार्ड मीना देउवाले भारतसँगको खेलमा रेखा पौडेललाई प्रतिस्थापन गर्दै राष्ट्रिय टिममा डेब्यु गरेकी छन्।
खेलको ७८औँ मिनेटमा रेखालाई प्रतिस्थापन गर्दै मीनाले सिनियर टिममा डेब्यु गरेकी हुन्। समूहमा निकै राम्रो प्रदर्शन गरे यता मीनाले राष्ट्रिय टिममा अवसर बनाएकी हुन्। उनले जर्सी नम्बर १५ लगाएर राष्ट्रिय टिमको लागि डेब्यु गरेकी छन्।

यसअघि नेपालले भारतसँग १९ पटक खेलिसकेको छ। जसमध्ये ११ खेलमा भारतले जित निकालेको छ भने ३ खेलमा नेपालले भारतलाई जितेको छ । त्यस्तै ४ खेल बराबरीमा सकिएका छन्। ‌

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ