पोखरामा ड्युटीमा खटिएका प्रहरी हवल्दार थापाको मृत्यु

पोखरामा ड्युटीमा खटिएका प्रहरी हवल्दार थापाको मृत्यु

death body

पोखरामा ड्युटीमा खटिएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । विशेष सुरक्षा योजनाअन्तर्गत पोखरा-१३ गौंडाकोमुखमा खटिएका प्रहरी हवल्दार ओमकुमार थापा अचेत अवस्थामा भेटिएका थिए ।

कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार अचेत अवस्थामा भेटिएका थापालाई तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

नवलपुरको विनय त्रिवेणी गाउँपालिका- ६ शिवपुरगढी घर भएका थापा जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ कास्कीमा दरबन्दी भई हाल सिआरभी भद्रकालीमा कार्यरत थिए । उनको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ